सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले गर्मी याम सुरु भएसँगै पाँचवटै वडाका विभिन्न वस्तिका लागि झिँगा माने विसादि वितरण गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखाले पाँचवटै वडाका नागरीकको उपस्थित गराएर गर्मी याममा झिँगा बढ्ने भएकाले रोगको संक्रमणबाट जोगिनका लागि विषादी निःशुल्क वितरण गरिएको स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । सरुवा रोगको मुख्य बाहक (खभअतयच) झिंगा भएकाले गर्मी याममा झिंगा बढेसँगै रोगको संक्रमण बढ्न सक्ने हुँदा पालिकाभित्र रहेका ४८ टोलमा वितरण गरिएको संयोजक ढकालले बताउनुभयो ।
एक देखि पाँचवडा सम्म रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय दश घरधुरीलाई झिंगा मार्ने विषादी वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोग र प्राविधि सहयोगमा स्वास्थ्यकर्मी परिचालीत भएर सम्पुर्ण वस्तिमा वितरण गरेको बताइएको छ ।
झिंगाले खानेकुरालाई दूषित बनाउनुका साथै गर्मीमा रोग सार्ने माध्याम पनि भएकाले झिंगालाई फैलन नदिने हेतुले उक्त विषादी वितरण गरिएको हो । संयोजक ढकालले भन्नुभयो, झिंगाको लागि फोहोरको थुप्रो, जमेको पानी अनुकुल हुन्छ । त्यस्ता ठाँउमा सजिलै झिंगा फैलन्छन् । त्यसैले झिंगाबाट मुक्त हुने पहिलो उपाय भनेको घर आसपास सरसफाई गर्नु नै हो । सफा एवं स्वच्छ वातारवरण झिंगाको लागि प्रतिकुल हुने उहाँले बताउनुभयो । यस्तै घरमा बासी, कुहिएको, सडेको खानेकुरा नराख्न र सफा खानेकुरा छोपेर राख्न समेत आग्रह गर्नुभयो ।