रणसिंह परियार कर्णाली प्रदेश सरकारको विनाविभागीय मन्त्रीमा नियुक्त

Nepal Chek बुधबार, बैशाख १२, २०८१

सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला निर्वाचन क्षेत्र नम्बर क बाट निर्वाचीत प्रदेश सांसद रणसिंह परियार कर्णाली प्रदेश सरकारमा विनाविभागीय मन्त्रीमा नियुक्त हुनु भएको छ । विना विभागीय मन्त्री बन्नु भएका परियार २०७९ साल मंसिर ४ गतेको निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्र क नेकपा माओवादीबाट निर्वाचीत हुनु भएको थियो । मन्त्री परियारले हुम्ला प्रदेश सभा (क) मा २०७९ को चिर्वाचनमा ६ हजार चार सय ८१ म्त ल्याएर विजयी हुनु भएको थियो । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनु भएको थियो ।

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारले आजै पद तथा गोपनीयताको शपथ समेत लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्री परियार लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध भइ राजनितीक यात्रामा सक्रिय हुँदै आउनुभएको छ ।

आज माओवादीको तर्फबाट परियार विनाविभागीय मन्त्री बन्नु भएसँगै, मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने भएको बताइएको छ । मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । माओवादी स्रोतका अनुसार यसअघि मन्त्री बनेका भन्दा पनि नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी छ । जसमा विन्दमान विष्ट, महेन्द्र केसी र दुर्ग रावत सम्भावित व्यक्तिहरूमा पर्दछन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]