सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको टोली विहिबार विहान दैलेख प्रस्थान गरेको छ । दैलेखमा हुने तेस्रो साधरणसभामा सहमागी हुन महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतको नेतृत्वमा ६ जना पत्रकारको टोली त्यस तर्फ लागेका हुन् ।
दैलेख जिल्लामा १५ गते हुन लागेको नेपाल पत्रकार महासंघको तेस्रो साधारणसभामा सहभागी हुन हुम्लाबाट ६ जना प्रतिनिधि त्यस तर्फ लागेका हुन् ।
सदरमुकाम सिमकोटबाट अध्यक्ष रावत सहित पूर्वअध्यक्ष रशेम ऐडी, महासंघ जिल्ला सचिव नन्द सिंह, कोषाध्यक्ष सुरेश परियार विहान पैदल भएर गाडीमार्फत दैलेख लागेको सहसचिव छपाल लामाले बताउनुभयो ।
सिमकोटबाट गएको टोली अदानचुली पुगेपछि त्यहाँबाट केन्द्रिय पारसद नवराज महतारा र प्रदेश पारसद कालि बहादुर थापा जोडिएर ६ जना हुम्लाका पत्रकारको टोली दैलेख जाने भएका छन् । ६ जना पत्रकारको टोली गाडी मार्फत पैदल भएर दैलेख पुग्ने भएका हुन् ।