चंखेली गाउँपालिका तत्कालीन वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Chek बिहिबार, बैशाख १३, २०८१

सिमकोट । हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध आर्थिक वर्ष २०७४–७५ मा बाटो निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढामाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी पनि यो प्रकरणमा मुछिएका छन् ।

चंखेली–३ को सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरीका आधारमा उनीहरूमाथि मुद्दा लागेको हो । चंखेली–३ का तत्कालीन वडाध्यक्ष ऐडीले बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस गरेर अनियमितता गरेको अख्तियारको ठहर छ । उनीहरूमाथि दुई लाख २२ हजार ५०१ तीन रुपैयाँ १७ पैसा बिगो माग गरिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]