सिमकोट । नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाको १८ औं जिल्लासभाको अधिवेशनबाट गणेश महत सहितको पदाधिकारीको टोली सर्वसम्मत चयन भएका छन् । सभापतीमा महत, उपसभापति तीर्थराज रोकाया, महिला उपसभापतीमा मधु बस्नेत (शाही), मन्त्री अर्जुन बोहरा, उपमन्त्रीमा दलराज ऐडी, कोषाध्यक्षमा मन्दिर सिंह र उप कोषाध्यक्ष उपेन लामा सहितको सातजना पदाधिकारीको टोली सर्वसहमत चयन भएको नवनिर्वाचीत मन्त्री अर्जुन बोहराले बताउनुभयो । उहाँका अनुसार, खुल्ला सदस्य सात र महिला सदस्य तीन गरी १७ जनाको कार्य समिति सर्वसम्मत चयन भएको मन्त्री बोहराले बताउनुभयो ।
नेपाली कांग्रेस र नेकपा माओवादी निकट दुई समुहका जिल्ला शाखा पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । नेकपा एमाले निकटका कुनैपनि सदस्य पनि सहभागीता रहेको थिएन् । जिल्ला शाखाको सभापतीका लागि सहमति जुट्न नसक्दा एमाले हुम्ला बाहिरिएको थियो ।
यस्तै साउन महिनामा जिल्ला शाखाको निर्वाचन हुनु पर्ने भएपनि म्याद थप गरि आजसम्म धकेलिएको थियो । नौ महिनापछि नयाँ नेतृत्व चयन भएको हो ।
विहिबार भएको हुम्ला शाखाको १८ औं जिल्लासभाको अधिवेशन उद्घाटन सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकायाले गर्नुभएको थियो । भने उद्घाटन सत्रमा जिल्ला समन्वय समितीका कार्यवाहक समन्वय प्रमुख तथा प्रवक्ता सरिता रावत, निर्वाचनका लागि हुम्लाका पुग्नुभएका रामलाल आचार्य, रेडक्रश जिल्लाका शाखाका पूर्वअध्यक्ष नरपति रोकाया लगायत विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिको उपस्थित रहेको रेडक्रशका उपसभापति मधु शाही बस्नेतले बताउनुभयो ।
यस्तै अधिवेशनको उद्घाटन सत्रमा जिल्लामा रहेका १२ वटा उपशाखाका प्रमुख तथा प्रतिनिधिको समेत सहभागीता रहेको रेडक्रश जिल्ला शाखाका उपसभापति मधु बस्नेत शाहीले बताउनुभयो । नौ महिनाको प्रगति प्रतिवेदन रेडक्रशका मन्त्री तथा सचिव अर्जुन बोहराले प्रस्तुत गर्नुभएको थियो ।