कर्णाली करिडोर भएर सिमकोट गाउँपालिका गाडी सदरमुकाम पुग्यो

Nepal Chek मंगलबार, बैशाख १८, २०८१

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले खरिद गरेको गाडी मंगलबार विहान सदरमुकाम आइपुगेको छ । गाउँपालिकाको गाडी कर्णाली करिडोरको छार सडक खण्डको भीर छिचोलीएपछि सदरमुकाम सिमकोट आज विहान आइपुगेको गाउँपालिका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो ।

गाउँपालिकाको गाडी उत्तरी छिमेकी चीन भएर ल्याउन भनिएपनि समयमै नाका नखुल्दा नेपालगञ्जमा रहँदै आएको गाडी हप्तादिन लगाएर सिमकोट पुगेको हो । नेपालगञ्ज सुर्खेत हुँदै कर्णाली करिडोरको बाटो भएर गाडी चालक जोर बोहराले आज विहान सदरमुकाम सिमकोट पुर्याएका हुन् । गाउँपालिकाको गाडी चालक बोहरा सहित वडा नम्बर चारका वडाध्यक्ष प्रताप लामा र शिखर इन्स्योरेन्सका प्रमुख गोरासिंह बोहरा तीन जना नेपालगञ्ज सुर्खेत भएर सिमकोट आइपुगेका हुन् ।

छारे सडक खण्डको भीर छिचोल्न थोरै मात्रै बाँकी रहेपनि गाउँपालिकाको गाडी भएको हुनाले त्यस खण्डबाट आउन दिएको चालक बोहराले बताउनुभयो । हुम्ला पुगेको गाडी उक्त खण्डबाट नछोड्दा खार्पु दोभानमा पानीको बहाव बढी बढ्ने भएकाले गाउँपालिकाको आग्रहमा सडक निर्माण गरिरहेको नेपाली सेनाले गाडी छोडेको हो । त्यस सडक खण्डमा अन्य कुनैपनि गाडीलाई आवतजावत गर्न दिएको छैन् । केही दिन अघि मात्रै दुईवटा ठूला टिपर सोही खण्ड भएर सिमकोट पुगेका थिए । त्यस लग्गतै दोस्रो पटक गाउँपालिकाको गाडी कर्णाली करिडोरको छारे सडक खण्ड भएर पुगेको हो । उक्त सडक खण्ड नेपाली सेनाले असार १५ गतेपछि मात्रै हस्तान्तरण गर्नुका साथै अन्य सवारी साधनलाई आवतजावत गर्न दिने भएको छ ।

सिमकोट र खार्पुनाथ गाउँपालिकाको विचमा पर्ने कर्णाली नदीमा गाडी तर्न बेलीब्रीज नभएपनि नदीबाट गाडी तारेर ल्याइएको हो । विहानको समय कर्णाली नदीमा पानी कम हुँदा गाडी चालक बोहराले सहज तरिकामा गाडीलाई नदी पार गरेर सिमकोट पुर्याएका हुन् ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]