सांसद डाक्टर शर्मा हुम्ला पुगेर गरिब, असाय विपन्नलाई दिए निःशुल्क स्वास्थ्य सेवा

Nepal Chek बुधबार, बैशाख १९, २०८१

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको पालिका केन्द्र सर्केगाडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सहित चिकित्सकको टोली जिल्ला सर्केगाड गाउँपालिकामा पुगेर यहाँका नागरीकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको हो । एक दिन सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा सांसद डाक्टर शर्मा सहितको टोलीले एक हजार आठ सय २५ जना विरामीको उपचार गरेको छ ।

पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोग जस्तो मुटु रोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हातजोर्नी, हड्डी दुख्ने, निमोनिया, रुघाखोकी, लगायत सबै प्रकारका रोयगको उपचार गरिएको सांसद डाक्टर शर्माले राससलाई बताउनुभयो । डाक्टर शर्माका अनुसार चेकजाँच गरिएका विरामी मध्ये एक सय ४७ जनालाई काठमाण्डौंको मेडिकल कलेज अस्पतालमा रिफर गरिएको बताउनुभयो । हुम्लाकाबाट रिफर गरिएका ती सबै विभिन्न रोगले ग्रसित विरामीको निःशुल्क उपचार आफु सहितको टीमले गरिने दिने सांसद डाक्टर शर्माले जानकारी दिनुभयो । रिफर गरिएका अधिकांस विरामीमा महिला रहेको उहाँले बताउनुभयो । महिलामा पाठेघरमा समस्या देखिएका बढी महिलाको काठमाण्डौं गरिएको हो ।

एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लास लगायत गाउँका नागरीकले सेवा पाएका हुन् । स्वास्थ्य पहुँचमा नपुगेका दुरदराजका नागरीकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छा् ।

यसरी दूरदराजमा विशेषज्ञसहितको स्वास्थ्य परीक्षणको सुविधा पाएको भन्दै स्थानीयहरुले खुशी व्यक्त गर्दै डा. सुनिल शर्माप्रति कृतज्ञता व्यक्त गरेका थिए । हुम्लाका नागरीकले डाक्टर सुनिल शर्माजस्तो समाजसेवा सबैले गर्नसके देशका विपन्न नागरिकले अकालमै ज्यान गुमाउन नपर्ने पनि धारणा यहाँका स्थानीयले राखेका थिए ।

डाक्टर शर्मा सहित २५ जनाको स्वास्थ्यकर्मीको टोलीले हुम्ला लगायत कर्णाली र सुदुरश्चिमका स्वास्थ्य सेवा नपाएका जिल्लाहरुमा पुगेर निःशुल्क सेवा दिइरहेको उहाँले बताउनुभयो । आज मुगु जिल्लामा निःशुल्क स्वास्थ्य सेवा दिने डाक्टर शर्माले बताउनुभयो ।

डा. शर्माले गत वैशाख १३ गते डोटीको दिपालयमा, १५ गते बाजुराको तिलिचौरमा र १७ गते हुम्लाको सर्केघाटमा निःशुल्क स्वाथ्य शिविर सञ्चालन गर्नु भएको हो । त्यसैगरी, वैशाख १९ गते मुगुको गम्गडीमा र २१ गते जुम्ला र कालिकोटको बोर्डर नाम्मामा स्वास्थ्य शिविर सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । पैसाको अभावमा दूरदराजका नागरिकले उपचारबाट बञ्चित हुन नपरोस् भनेर स्वाथ्य शिविर सञ्चालन गरिएको डा.शर्माले बताउनुभयो । उहाँले ग्रामीण भेग सम्बन्धितस्थलमा सम्भव भएको उपचार त्यही गरिने र त्यहाँ सम्भव नभएको उपचार काठमाडौं ल्याएर काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरिने सांसद शर्माले बताउनुभयो ।

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]