सिमकोटमा खसी मासुको मूल्य ११ सय निर्धारण

Nepal Chek मंगलबार, बैशाख २५, २०८१

सिमकोट ।  हुम्ला उद्योग बाणिज्य संघले सदरमुकाम सिमकोटका लागि सोमबार खसी मासुको नयाँ मूल्य निर्धारण गरेको छ । सोमबार मानसरोवर होटलमा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन, सिमकोट गाउँपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, नागरीक समाज र खसी मासु पसलका सञ्चालकहरुको उपस्थितमा नयाँ मूल्य तोकिएको उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीले बताउनुभयो ।

उद्योग बाणिज्य संघले सोमबारबाट लागु हुने गरी प्रतिकेजी मिक्स मासुको रु एक हजार एक सय निर्धारण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । मासु व्यापारीसँग छलफल गरेर यसअघि निर्धारण गरेको मूल्य हटाएर उपभोक्ता र मासु व्यवसायी मारमा नपरोस् भनेर रु एघार सय कायम भएको छ ।

मासु व्यवसायीले यसअघि नेट मासुको रु १३ लिने र मिक्स मासुको १२ लिने हटाएर उनिहरुको सहमतीमा अब मिक्स मासु मात्रै विक्री गर्ने गरी रु ११ सयमा विक्री हुने भएको छ । उद्योग बाणिज्य संघले यस अघि सिमकोटमा नेट मासुको ११ सय र मिक्स मासुको एक हजार मूल्य निर्धारण गरेको थियो । सोमबार बसेको बैठकले नयाँ मूल्य लागु गरेको छ । अब व्यवसायीले नेट मासु विक्री गर्न नपाउने भएका छन् । भने मिक्स मासु मात्रै विक्री गर्ने भएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]