पानी नपर्दा खेतमै सुक्न थाले उवा, गहुँ र जौ बाली

दाने बोहरा बुधबार, बैशाख २६, २०८१

सिमकोट । हुम्लामा यो वर्ष पानी नपर्दा किसान खडेरीको चपेटामा परेका छन् । सिमकोट गाउँपालिका वडा नम्बर १,२, ३ र ४ चारमा पर्ने खेतबारीहरु यतिबेला सुख्खा देखिएका छन् । बरगाऊँ, ठेहे, लिमाटङ, तोर्पा लगायतका गाउँमा रहेका खेतबारीमा पाक्न लागेका उवा, गहुँ पहेला भएका छन् । भने खेतमै सुक्न थालेको भन्दै जिल्लाका किसानले गुनासो गर्न थालेका हुन् । आकाशे पानीको भरमा यहाँका किसान खेतीपाती गर्दै आएपनि यो वर्ष वैशाख अन्तिमसम्म बर्षा नहुँदा खडेरीको चपेटामा परेका छन् । पानी नपर्दा यहाँका किसानलाई बैकल्पिक माध्याम नहुँदा झन चिन्तित बनाएको छ ।

हिउद याममा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालिका वडा नम्बर तीनका गाजीमा लामाको गुनासो छ । यो वर्ष हिउँ नपर्दा भोकमरी सृजना हुने अवस्था आएको लामाले बताउनुभयो । मंसिर, पुस महिना खेतमा छरेको आजभोली पाक्न लागेका उवा, गहुँ र जौ बाली डडेर सुकेको गुनासो लामाको छ । पानी नपर्दा श्वास फेर्न समेत किसानलाई गाह्रो बनाएको उहाँको भनाई छ । घरमा सिचाइ नहुँदा झन समस्या भएको उहाँले बताउनुभयो । चैत महिनामा कोदो र वैशाख पहिलो साता चिनो खेतमा छर्ने भएपनि पानी नपर्दा छर्न नपाएको किसान लामाले बताउनुभयो । यो समय चिनु खेतमा छर्ने बेला भएपनि छर्न यहाँका किसानले पाएका छैनन् । जयवायुको असरले हुस्सु लाग्दै जाने हो भने, पानी पर्ने होइन भने भोकले मर्ने अवस्था आउने भएको जिल्लाका किसानको गुनासो छ ।

कोदो र चिनु खेतमा खनजोत गरेर छर्ने समयमा पानी नपर्दा थप समस्या बनाएको ठेहे गाउँका किसानको गुनासो छ । ठेहे गाउँ जिल्लाको सबैभन्दा ठुलो बस्ती भएको गाउँ हो । पानी नपर्दा गाउँभन्दा तल माथिका साथै वरपर रहेका खेतबारी हरियो हुने समय सुख्खा भएको सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहे गाउँका किसान गौगोरा बोहराले बताउनुभयो । लामो समयदेखि पानी नपर्दा खेतबारीमा लगाउने खुर्सानी, मकै, फर्सि लगायत अन्य तरकारी बाली समेत छर्न नपाएको किसान बोहराको गुनासो छ । विगतका वर्षमा यो समय खेतीपातीमा व्यस्त हुने भएपनि पानी नपर्दा गाउँका सबै किसान फुर्सदीला हुनुका साथै खडेरीको चिन्ता थपिएको उहाँले बताउनुभयो । किसान बोहराले भन्नुभयो, “आठ, दश वर्ष अगाडी यसरी खेतबारी सुख्खा हुदैँन थिए । वर्षा बढी हुन्थ्यो तर यो हिउँदमा हिउँ नपर्दा बर्खामा पानी नपर्दा समस्या बनाएको छ ।” यतिबेला विगतका वर्षहरुमा पानी परेर खेतबारीमा खुर्सानी उम्रि सकेको हुन्थे, तर यो वर्ष उम्रिन पाएका छैनन् । पानी पर्ने आशमा बारीमा सुर्खानी छरेपनि नउम्रिदा रबरको पाइप गरेर कुल्याउनु परेको छ । गाउँ नजिकै रहेको खोलाबाट पाइपबाट पानी ल्याएर बारीमा कुल्याउनु पर्ने अवस्था रहेको किसान बोहराको भनाई छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]