नाम्खालाई चीन सरकारको वस्तुगत सहयोग

Nepal Chek बिहिबार, बैशाख २७, २०८१

सिमकोट । उत्तरको छिमेकी मुलुक चीनले हुम्लासँग सिमाना जोडिएको नाम्खा गाउँपालिकालाई वस्तुगत (खाद्यान्न र सोलार) सहायता प्रदान गरेको छ ।

आफूसँग सिमाना जोडिएका स्थानीय तहका नागरिकलाई वर्षेनी दिदैं आएको वस्तुगत सहायता अन्तरगा चीनले उक्त सहयोग गरेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार, चीन सरकारले यो वर्ष नाम्खालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनद्वारा सीमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोगअन्तर्गत यो सहयोग उपलब्ध भएको हो ।

चीन सरकारले वस्तुगत सहायता अन्तरगत २५ किलोग्रामका एक हजार बोरा चामल, २५ केजीकै एक हजार बोरा मैदा (पिठो), २५ केजीकै एक हजार बोरा चिनी, दश केजीको एक हजार प्याकेट नुन र २ सय ५० कार्टुन तेल गाउँपालिकालाई हस्तान्तरण गरेको छ । अध्यक्ष लामाले, “मित्रराष्ट्र चीनले प्रदान गरेको सबै वस्तुगत सहायतालाई गाउँपालिकाले १ देखि ५ वडाका वासिन्दालाई दामासायीका दरले वितरण गरिएको छ ।”

पालिकाको निर्णय अनुसार वडा नम्बर १ देखि ५ का स्थानीय वासिन्दालाई एक–एक बोरा चामल, मैदा, चिनी, दश केजी नुन र पाँच लिटर तेल वितरण गरिएको बताउनुभएका अध्यक्ष लामाले, हिमालपारिको गाउँका रुपमा चिनिने वडा नम्बर ६ लिमीको भागमा परेको सामाग्री भने वडा अध्यक्षको जिम्मा लगाइएको छ । तत्काल लिमी जाने बाटो नखुलेकाले सामाग्री वडा अध्यक्षको जिम्मा लगाइएको हो । बाटो खोलेपछि पालिकाको रोहबरमा वडा अध्यक्ष पाल्जोर तामाङले उक्त सामाग्री वितरण गर्ने कार्यक्रम तय गरिने छ ।

नाम्खा गाउँपालिकामा ९३८ घरधुरी छन् । चीनले प्रदान गरेको पाँच केभीको सोलार दुई स्थान र दुई केभीको सोलार चालीस स्थानका लागि उपलब्ध भएको छ ।

पालिकाद्धारा चीन सरकारलाई धन्यवाद

सिमा क्षेत्रका वासिन्दालाई गर्ने वस्तुगत सहायता अन्तरगत यो वर्ष चीनले नाम्खालाई प्रदान गरेको खाद्यन्न र सोलार सहयोग प्रति नाम्खा गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

भौगोलिक रुपमा विकटमा रहेको नाम्खालाई एक असल छिमेकीका रुपमा चीनले गरेको वस्तुगत सहयोगले सिमा क्षेत्रका नागरिकको दैनिक गर्जो टार्ने काम भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष प्रमेबहादुर लामाले चीन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यपालिकाको बैठकको निर्णय अनुसार सहायताका लागि चीन सरकारलाई हामीले हार्दिक आभार सहित धन्यवाद दिएको छ ।
विकासका हिसाबले विश्वलाई नैं नेतृत्व गर्ने चरणमा रहेको मित्र राष्ट्र चीनसँग सिमा जोडिएको एक असल मित्रका नाताले हामी चीन सरकारसँग विकास, सामाजिक, साँस्कृती रुपमा सहकार्यका लागि अपिल गर्दै आगामी दिनमा गाउँपालिकाको समृद्धीका लागि चीनको सहयोग अपरिहार्य रहेको निचोड निकाल्दै अहिलेको सहायताका लागि धन्यवाद दिएका हौं अध्यक्ष लामाले थप्नुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]