सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका पुर्व अध्यक्ष कर्णबहादुर रोकायालाई पुत्र शोक परेको छ ।
लामो समयदेखि अस्पतालमा उपचार गराई रहेको रोकायाका माइला छोरा पुष्कर रोकायाको शनिबार (आज) काठमाडौं गोदावरीमा निधन भएको हो । पेट दुख्ने समस्या गएको २१ दिन देखि काठमाडौंको गोदावरी स्थित नोवेल अस्पतालबाट शुक्रबार कोठा लगिएका रोकायाको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
पेट दुख्ने समस्या बल्झीए पछि केहि समययता उनले निरन्तर औषधी खाँदै आएका थिए ।
पत्रकार रोकायाका चार छारा र एक छोरी छन् ।