आतिथ्यता तथा कुक वेकरी तालिम सम्पन्न

Nepal Chek शुक्रबार, बैशाख २८, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको आयोजनामा वैशाख ११ गतेबाट सञ्चालन भएको आतिथ्यता तथा कुक वेकरी तालिम शुक्रबार सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याल, होटल व्यवसायी संघ, जीविको पार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको प्रायोजकमा २० दिने उक्त तालिम सञ्चालन भएर शुक्रबार सम्पन्न भएको हो ।

पर्यटन प्रवद्र्धन, महिला आयआर्जन तथा सीप विकास र होमस्टे सञ्चालनका लागि आतिथ्यता तथा कुक वेकरी तालिम आज सम्पन्न भएको गाउँपालिकाका कर्मचारी प्रतिभा मरासिनीले बताउनुभयो । सिमकोटमा रहेका होटेल, रेष्टुरेण्ड र होमेस्टे सञ्चालन गर्दै आएका विस जना होटेल व्यवसायीलाई स्थानीय उत्पादनको कुक वेकरी बनाउने सम्बन्धि तालिम दिएर शुक्रबार सम्पन्न भएको मरासिनीले बताउनुभयो ।

यहाँका स्थानीय होटेल व्यवसायीलाई काठमाण्डौंबाट आएका दुई जना कुक उमेश भुवाइ र मिलन तामाङले प्रशिक्षण दिनुभएको थियो । स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली उुवा, गहुँ, कोदो र पापरबाट चार किसिमका मम बनाइएको थियो । भने पापरको मटन म म, भेज म म, कोदोको भेज म म, आलु टिमुर, गहुँको मटन म म, थाली सेट, मटन छोइला, कोदोको रोटी, फ्रेन्च फ्राई, फापरको प्यान केक, गहुँको रोटी, असुरो अचार, मिक्स भेज अचार, आलु अचार,कोदोको प्यान केक, आलु भुजिया लगायतका अन्यक परिकार बनाउन सकाइएको थियो ।

भने यस्तै मटन खाजा सेट, खसिको टाउको फ्राई, खसि टाउको छोइला, खसिको भुटुवा भेज क्रिम सुप र टकन ग्रेभी लगायतका परिकार बनाउन तालिममा सहभागी प्रशिक्षार्थीलाई सिकाइएको हो । शुक्रबार भएको समापन कार्यक्रममा यी सबै विभिन्न परिकारका प्रकार राखिएको थियो ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरो)को अध्यक्षतामा र सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम)को प्रमुख आथित्यमा र सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको विशेष आथित्यमा आतिथ्यता तथा कुक वेकरी तालिम सम्पन्न भएको हो । समापन कार्यक्रममा सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदिप कुमार रेग्मी, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, तालिममा सहभागी प्रशिक्षार्थी लगायतको सहभागीता रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]