सिमकोट विमानस्थल सहित आसपासका क्षेत्र सरसफाइ(तस्विरमा हेर्नुहोस्)

Nepal Chek बुधबार, जेठ ०२, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट विमानस्थल क्षेत्र भित्र बुधबार विहान सरसफाइ गरिएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा बुधबार विहान विमानस्थल परिसर भित्रका पार्किङ, रनवेय लगायत आसपासका ढल सरसफाइ गरिएको छ । भने विमानस्थलभित्र उम्रेका झारपात उखेलेर फालिनुका साथै सरसफाइ गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो । बुधबार विहान जहाज अवतरण नगरेको समयमा विमानस्थलको फोहोर सफा गरिएको उहाँले बताउनुभयो ।

सरसफाइमा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम), उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी लगायतको सहभागीता रहेको थियो । गाउँपालिकाले सिमकोट बजार क्षेत्रको फोहोर हरेक शुक्रबार शनिबार उठाउँदै आएपनि यो पटक भने विमानस्थल सहितका आसपास क्षेत्र दुर्गन्धित भएको जनगुनासो आएपछि गाउँपालिकाको अगुवाइमा सरसफाइ गरिएको अधिकृत रोकायाले बताउनुभयो । एर्पोट चोक, मुग्र (तीनधारा) सहितका क्षेत्रमा सरसफाइ गरिएको उहाँले बताउनुभयो ।

यस आसपासमा जिल्ला भित्रीने स्वदेशी तथा विदेशी पर्यटकले नाथ थुनेर हिड्नु पर्ने अवस्था शृजना भएपछि सरसफाइ गरिएको हो । बुधबार विहानको सरसफाइमा तीन वटै सुरक्षा निकायको सहभागीता रहेको थियो । नेपाल प्रहरी, नेपाल सेना, सशस्त्र प्रहरी बल, सिमकोट गाउापालिका, विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, उद्योग बाणिज्य संघ, नागरीक समाज, राजनिती दल , सञ्चारकर्मी लगायतले सरसफाइ गरेका थिए ।

उक्त सरसफाइमा भने सिमकोटमा रहेका व्यवसायी र होटेल व्यवसायीको अनुपश्थित रहेको थियो । सिमकोटका प्राय चोकमा बढी जसो फोहोर व्यवसायीले गर्दै आएका छन् । भने आफ्नो विभिन्न चोकमा लिएर थुप्रार्दै आएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]