धिगा गाउँमा खानेपानी समस्या

Nepal Chek बुधबार, जेठ ०२, २०८१

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ धिगा गाउँमा यतिबेला खानेपानीको समस्या भएको छ । लामो समयदेखि यस गाउँमा खानेपानीको समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

४३ घरधुरी रहेको धिगा गाउँमा २०७३ सालमा प्रत्येक घरमा धारा निर्माण गरिएपनि अहिले खानेपानीको समस्या निम्तिदै आएको छ । धिगा गाउँका लागि दुई घण्टाको पैदल लाग्ने लेख धिगाबाट खानेपानी ल्याएपनि अहिले गाउँमा हाहाकार जस्तै भएको स्थानीय सानाम गेल्जन लामाले बताउनुभयो । स्थानीय लामाका अनुसार, २०७३ सालमा युनिसेफ नामक संस्थाले ७२ लाखमा धिगा गाउँका प्रत्येक घरधुरीका लागि धारा निर्माण गरिदिए पनि अहिले गाउँमा खानेपानीको समस्या छ । त्यतिबेला पानीको मुहान रिजर्भ ट्यांकी र पाइप लाइनको काम राम्रो नगर्दा अहिले गाउँमा पानीको समस्या छ । घरमै जडान गरिएका धारामा पानी नआउँदा गाउँभन्दा टाढा रहेका मुहानमा गएर पुख्र्यौली पेशा जस्तै पानी बोकेर खानु पर्ने बाध्यता रहेको लामाले बताउनुभयो । गाउँमा पानी नहुँदा पशुवस्तुलाई समेत पानी खान समस्या भएको लामाको गुनासो छ ।

खेतमै सुक्न थाले बाली

तरकारी बालीका लागि समेत समस्या भएको छ । भने पानी नपर्दा यस क्षेत्रका बालीनाली समेत खेतबारी सुक्न थालेका छन् । लामो समयदेखि हुम्लामा पानी नपर्दा वडा नम्बर १ धिगा गाउँका खेतबारीमा पाक्न लागेका उवा, गहुँ सुक्न थालेको स्थानीय लामाले गुनासो गर्नुभयो । पानी नपर्दा जेठासी मात्रै नभएर पानी आउने आशमा तरकारी बाली समेत सुक्न थालेको उहाँको गुनासो छ ।

लामाले भन्नुभयो, “चिनो, कोदो खेतमा छरेर उम्रिए पनि पानी नपर्दा उम्रेको बोटहरु खेतमै सुक्न थालेको छ ।” पानी पर्ने आशमा यहाँका किसान छन् तर पानी पर्दैन् । पानी नपर्दा यो वर्ष भोकमारी हुने चिन्तामा हुम्लाका किसान छन् ।” उत्तरी नाम्खा गाउँपालिका मात्रै नभएर पानी नपर्दा जिल्लाभरका किसानलाई चिन्तित बनाएको छ । भने खेतबारीमा उम्रेका बोटमा समेत असर गरेको छ । उसो त जेठमा पाक्ने बाली उवा, गहुँ र जौ बोटमै सुक्न थालेका छन् भने पात समेत पहेला हुँदै गएका छन् । जेठ महिनामा हरियो देखिने हुम्ला सुख्खा देखिएका छन् । वैशाख महिनामा पानी नपर्दा खेतबारी सुख्खा देखिएका छन् । यो वर्षको हिउँदयाममा समेत हिउँ नपर्दा किसानलाई खेतबारीमा असर गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]