लगातारको वर्षाले विद्यालय भवनमा क्षेति

बेलुमाया महतारा आइतबार, साउन १०, २०७८

६ गते विहिबार लगातार परेको अविरल वर्षाका कारण जिल्लाको चंखेली गाउँपालिकामा रहेको एक विद्यालयमा क्षेति गरेको छ । चंखेलीको वडा वडा ४ को तल्लोपालिामा रहेको गणेश आधरभुत विद्यालयमा लगातारको वर्षाले भवन भत्किएको छ ।

साउन ६ गतेको अविरल बर्षाले विद्यालयको माथिबाट करिव एक ट्न बराबरको ढुङ्गा खस्दा सोही विद्यालयको कक्षा १ र २ को कक्षा कोठा पुर्ण रुपमा क्षेती भएको बिध्यालयका प्रधानाध्यापक सकराम ऐडीले जानकारी दिए ।

विद्यालयमा रहेको भौतिक सामाग्री लगायत विभिन्न संघ संस्थाहरुले सहयोग गरेका सामाग्रीमा समेत क्षेति पुगेको सर्केगाडबाट भक्तराज ऐडिले बताए ।

कक्षा एक र दुईको कक्षा कोठामा क्षेति पुग्दा विद्यालय सञ्चालन भएपछि पठनपाठनका लागी समस्या निम्तीने भएको प्रधानध्यापक ऐडिले बताए ।

क्षेति पुगेको विद्यालय भवन मर्मतको लागी चंखेली गाउँपालिकालाई अनुरोध गरिने भएको प्रधानध्यापक ऐडिले बताए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]