प्रिन्सीपल एशोसिएसन अफ नेपाल (पान) हुम्लाको अध्यक्षमा रोकाया सर्वसम्मत

Nepal Chek शनिबार, जेठ १२, २०८१

सिमकोट । आज शनिवार प्रिन्सीपल एशोसिएसन अफ नेपाल (पान) हुम्लाको अध्यक्षमा बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकाया सर्वसम्मत चयन हुनु भएको छ ।

सामुदायिक विद्यालयहरुको यो संगठन आजबाट देशभर लागु भएसँगै हुम्लाको अध्यक्षमा प्रधानाध्यापक रोकायालाई सर्वसम्मत चयन गरिएको हो । रोकायाको अध्यक्षतामा प्रधानाध्यापकहरुको सम्मेलन सम्पन्न भएको जिल्ला कार्यसमितीमा २५ जना प्रधानाध्यापक रहेको बताइएको छ ।

त्यस्तै चयन भएकोे नयाँ कार्य समितीकोे अध्यक्षमा रोकाया अध्यक्षमा भएका छन् । भने उपाध्यक्षमा अमर बहादुर शाही, सचीव मेज बहादुर बुढा,  सह–सचीव गणेश बहादुर शाही, छिमि लामा कोषाध्यक्ष, उग्रेन लामा सदस्य गरी २५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले बताउनुभयो ।

यस्तै आजै जिल्लाका सातवटै स्थानीय तहमा समेत उक्त संगठनका संयोजक समेत चयन गरिएको प्रधानाध्यापक शाहीले बताउनुभयो । जसमा नाम्खा गाउँपालिका संयोजकमा धनराज सिंह, सर्केगाड कालि बहादुर महतारा, ताँजकोट पदमराज रिठाल, चंखेली नन्द बुढा, खार्पुनाथ वृष बहादुर छत्याल, सिमकोट प्रेमकला बुढा र अदानचुली गाउँपालिकाको हरी प्रसाद जैसी संयोजक चयन गरिएको हो ।

आजै भएको उक्त कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) सहित विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]