दुई दिनको बाटो मोटरसाइकलमा सिमकोट पुग्न साढे तीन घण्टा

Nepal Chek शनिबार, जेठ १९, २०८१

सिमकोट । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेका चंखेली र सर्केगाडबाट पैदल भएर सदरमुकाम सिमकोट पुग्न दुई दिन लाग्छ । तर कर्णाली कोरिडोरको छारे भिर खण्डको सडक निर्माण भएसँगै चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङबाट सदरमुकाम सिमकोट पुग्न मोटरसाइकलमा साढे तीन घण्टा लाग्ने गरेको गरेको छ ।

कर्णाली कोरिडोरको सडक भएर साढे तीन घण्टामा सदरमुकाम सिमकोट पुगेको चंखेली गाउँपालिका–१ का मोटरसाइकल चालक तीलक बोहराले बताउनुभयो । काम विशेषले आफुले सिमकोट पुग्न साढे तीन घण्टा लगाएको उहाँले बताउनुभयो । दक्षिण भेगका नागरीकलाई सिमकोट पुग्न अब सहज भएको छ । सडकसँग जोडिए सँगै आवतजावतमा सहज भएको बोहराको भनाई छ । आफु १२ बजे सर्केगाडबाट मोटरसाइकलमा सदरमुकाम पुगेर साँझ सात बजे पुन सर्केगाड पुगेको बोहराले बताउनुभयो । सडक निर्माण भएसँगै दक्षिण भेगका चंखेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाका नागरीकलाई आवतजावतको दूरी घटेको उहाँले बताउनुभयो । सिमकोट पुग्न मोटरसाइकमा पाँच लिटर तेल भने लाग्ने गरेको छ ।

विगतका दिनहरुमा माथिल्लो भेगका नागरीक दक्षिण भेगमा जानु पर्दा दुई देखि चारदिनको पैदल भएर पुग्ने गरेको भएपनि अव आवतजावतको दुरी घटेको छ । अहिले नेपाली सेनाले छारे सडक खण्डको बाटो सञ्चालनमा नल्याएपनि अति आवश्यकका काम परेका नागरीकलाई आवतजावतका लागि जिल्ला प्रशासनको पासमा छोड्ने गरेको छ । छारे सडक खण्डको उद्घाटन भने भएको छैन् । उक्त कर्णाली कोरिडोरको सडक खण्ड उद्घाटन भएसँगै हुम्लीलाई आवतजावतमा सहज हुने भएको छ । छारे सडक खण्ड सञ्चालनमा आएपछि दशैँ तिहार लगायतको समयमा हवाई टिकटको भोग्नु परेको समस्याको अन्त्य हुने भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]