सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओबादी केन्द्र) हुम्लाले दोस्रो अधिवेनबाट जिल्लाको २९ वडाको वडा समिति गठन सम्पन्न गरेको छ । माओवादी केन्द्र हुम्लाको जेठ चार र पाँच गते सर्केगाडमा बसेको बैठकको निर्णय अनुसार जेठ २६ गते एकसाथ जिल्लाभर रहेका ४४ वटै वडामा वडा समिति सम्पन्न गर्ने निर्णय गरेको भएपनि हालसम्म २९ वडामा नयाँ कमिटि गठन सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
जसमा ताँजकोट, सिमकोट, चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका २९ वडामा वडा समिति गठन गरिएको जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले जानकारी दिनुभयो । माओवादी केन्द्र जिल्ला पार्टी सचिव बोहराका अनुसार, दोस्रो वडा समिति अधिवेशन सम्पन्न तथा वडा समिति गठन हुनेमा प्रदेश (क) को ताँजकोट गाउँपालिकाको क्रमश वडा नम्बर पाँचमा राज बहादुर खड्का, कर्णप्रसाद शर्मा, मनबहादुर शाही, मनप्रसाद ढकाल र वलमान रावलको नेतृत्वमा वडा समिति गठन गरिएको बताउनुभयो ।
यस्तै अदानचुलीको ६ वटै वडामा क्रमश पूर्णलाल थापा, लालबहादुर सुनार, भक्त नेपाली, गोकुल थापा, लाल सिंह र गोर कट्टेलको नेतृत्वमा वडा समिति गठन गरिएको जानकारी प्राप्त भएको छ । चंखेली गाउँपालिकाको वडा नम्बर एक, दुई चार र छ नम्बर वडामा क्रमश मत्या बुढा, धनलाल धिताल, गोविन्दबहादुर शाही र भीम तामाङको नेतृत्वमा वडा समिति गठन भएको माओवादी जिल्ला पार्टी सचिव बोहराले बताउनुभयो ।
त्यसैगरी जिर्वाचन क्षेत्र नम्बर प्रदेश (ख) मा खार्पुनाथ गाउँपालिकाको चारवटा वडामा क्रमश विवेक बुढा, फुन्जु रावल, धन बोहरा र काली बहादुर जेठाराको नेतृत्वमा नयाँ वडा समिति निर्वाचीत भएका छन् । भने सिमकोट गाउँपालिकाको वडा नम्बर २, ४, ५, र ७ मा क्रमश हरिसिंह बोहरा, डुक्पा लामा, काली बहादुर कामी, र ध्वजबहादुर शाहीको नेतृत्वमा नेकपा माओवादी केन्द्र वडा समितिमा नयाँ नेतृत्व चयन गरिएको हो ।
यस्तै नाम्खा गाउँपालिकाको वडा नम्बर एक, तीन र चारमा वडा कमिटि गठन गरिएको बताइएको छ । नेकपा माओवादी केन्द्रको पार्टी विधान अनुसार प्रत्येक वडामा २५ सदस्यीय वडा समिति नयाँ निर्वाचीत गरिएको जिल्ला पार्टी सचिव बोहराले बताउनुभयो । जिल्लामा बाँकी रहेको सर्केगाड गाउँपालिका सहित अन्य पालिकाका वडामा समेत नयाँ वडा समिति चयन हुने भएको उहाँले बताउनुभयो । नयाँ निर्वाचीत वडा समिति पदाधिकारीलाई प्रत्येक वडामा बाजागाजा सहित भव्य स्वागत गरेको जानकारी प्राप्त भएको छ । हालसम्म नयाँ निर्वाचती भएका वडा समितिका नयाँ नेतृत्वलाई नेकपा माओवादी केन्द्र हुम्लाले बधाई समेत दिएको छ ।