सिमकोट । देशमा शान्ति आएपनि अहिलेका विभिन्न राजनितिक दलका नेतामा शान्ति नआएको भन्दै शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङ जिल्लाको रतुवामाइ नगरपाली –४ का ७१ वर्षीय रामभक्त प्याकुरेल हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । पूर्वबाट यात्रा सुरु गर्नुभएका ७१ वर्षिय साइलकयात्री प्याकुरेलले अहिलेसम्म देशका ६१ जिल्ला घुमीसकेको बताउनुभयो । जनतामा शान्ति आएको छ, देशमा शान्ति आएको तर देशका नेतामा शान्ति नआएको भन्दै यसको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको प्याकुरेलले बताउनुभयो ।
साइकलयात्री प्याकुरेलले भन्नुभयो, “अहिलेको राजनितिक दलको एकआपासको सत्ता मोहको कुर्चीको लडाइले उनिहरुमा अशान्ति छाएको हुनाले शान्तिको यात्रामा निस्किएको छु । अहिले देशमा शान्ति छ, आमनागरीकमा शान्ति तर नेताहरुले अशान्ति फैलाउँदै लाखौं युवा विदेशिनु परेको छ ।” नेताहरुको लडाइले देशमा रोजगारीको अवस्था नहुँदा युवा विदेशिनु परेको छ, बुढापाखा मात्रै घरमा छन् । छोराछोरी सबै विदेशीएका छन् । अहिले बुढाबुढीलाई घरमा पानी समेत दिने मान्छे छैनन्, भनेर प्याकुरेलले गुनासो पोख्नुभयो ।” सबै विदेश गए घरमा भएका बुढाबुढी खाना खाएका छन् छैनन्, भनेर सोध्ने पनि नभएको उहाँको भनाई थियो ।
उहाँले फेरि भन्नुभयो, “छोरानाती सबै विदेश गए, कसरी शान्ति आयो भन्नुभयो, शान्ति आएको भए विदेशीनु पथ्र्यो, नेपालमै रोजगारी हुन्थ्यो । नेतालाई मात्रै शान्ति आएको छ । आफ्नो एक छोरा पनि विदेश गएको गुनासो पोख्नुभयो । गाउँमा रोजगारका अवसर छैनन् विदेश नगएर कसरी घरपरिवार पालुन हामीहरु डाडा काटी सकेका छौ ।”
स्वदेश बस्न रोजगार सृजना गर्नुपर्यो । आफुले पनि पहिला खेती किसानी गर्दै आएको प्याकुरेलले बताउनुभयो । अहिले जति पढेपनि रोजगार छैन् विदेश होमीनु पर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।
उमेरले ७१ वर्ष पुगेका, कपाल फुली सकेका, मलिन अनुहार लिएर युवा र देशको चिन्ताले शान्तिको लागि साइकल यात्रामा निस्किएको प्याकुरेलले बताउनुभयो । मुगुबाट हुम्ला पुगेका साइकलयात्री प्याकुरेल सिमकोटबाट कालिकोटको यात्रा तय गरेका छन् ।