आइतबार राती आएको वर्षाले चंखेलीको भट्टेवाडामा ठूलो क्षति

Nepal Chek सोमबार, आषाढ ११, २०८१

सिमकोट । आइतबार राती आएको वर्षाको कारण हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका –२ भट्टेवाडामा बाढीले ठूलो क्षति पुर्याएको छ । आइतबार आएको बाढीले यस क्षेत्रका घर, शौचालय, खानेपानी पाइप, खेतबारी लगायतमा ठूलो क्षति गरेको जनाइएको छ । बाढीले भौतिक क्षति गरेपनि मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ ।

निवर्तमान वडाध्यक्ष हरिहर उपाध्यायका अनुसार, वर्षाका कारण आएको बाढीले आफ्नो घरको भान्सा कोठा र शौचाय बगाएर लिएको बताउनुभयो । लोती भन्ने स्थानमा रहेको घरको भान्सा र शौचाय भवन बगाउँदा क्षति पुगेको उपाध्यायले बताउनुभयो । बाढीले जस्तापाता लगायत बगाएर लिएको छ । यस्तै भट्टेवाड गाउँका लागि नयाँ निर्माण गरिएको खानेपानीको पाइपलाइनमा क्षति पुर्याउनुका साथै बगाएर लिएको उहाँले बताउनुभयो ।

भट्टेवाडामा टेलिफोन सेवा समेत अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । आइतबार राती आएको वर्षाले यस क्षेत्रमा ठूलो क्षति बनाउनुका साथै सञ्चारको एक मात्रै माध्यम टेलिफोन सेवा समेत अवरुद्ध भएको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।

उक्त क्षेत्रमा बाढीले थप के कति क्षति पुर्याएको भन्ने बारेमा जानकारी आउन नकसेको हो । आइतबार राती आएको बाढीले यस क्षेत्रमा लाखौं क्षति गरेको उहाँले बताउनुभयो । यहाँका किसानले खेतमा लगाइएको बालीमा समेत ठूलो क्षेति गरेको छ । कात्तिकमा उत्पादन गर्न खेतमा छर्केका बालीमा ठूलो क्षति गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]