सिमकोट गाउँपालिकाले ल्यायो ४९ करोडको बजेट पहिलो प्राथामिकता कृषि, पर्यटन

Nepal Chek मंगलबार, आषाढ १२, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २८ लाख ४५ हजार बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाले सोमबार ल्याएको बजेटमा कृषि र पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको छ । गाउँपालिकाले सोमबार ल्याएको बजेट तथा कार्यक्रममा ती क्षेत्रलाई प्राथमिकतामा राखेकोे हो । आगामी आर्थिक वर्षको बजेटले क्षेत्रगत रुपमा कृषिमा रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) ले बताउनुभयो ।

बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण, रैथाने बाली प्रवर्द्धन, सूचना प्रविधिजस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको बताउनुभयो । गाउँसभामा गाउँपालिका अध्यक्ष भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिकाको नवौंँ गाउँसभामा उपाध्यक्ष सुशिला रोकाया(भाम)ले, आर्थिक वर्ष ०८१÷८२ का लागि ४९ करोड २८ लाख ४५ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । यसलाई आयतर्फ आन्तरिकमा एक करोड ७९ लाख पचास हजार, राजस्व बाँडफाँडबाट नौ करोड ३२ लाख ४९ हजार ३४५, सङ्घीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण ३२ करोड २३ लाख ८६ हजार र प्रदेश सरकारबाट बित्तीय हस्तान्तरण पाँच करोड ९१ लख २४ हजार छ ।

अनुमानित बजेटलाई चालुतर्फ ३२ करोड ४८ लाख बीस हजार बिनियोजित गरेर ६५ दशमलव ९० प्रतिशत र पुँजीगततर्फ १६ करोड ४८ लाख २५ हजार विनियोजित गरेर ३४ दशमलव १० प्रतिशत बजेट बिनियोजित गरिएको छ ।

बजेटलाई क्षेत्रगत कार्यक्रम तयार पारिएको छ । जसलाई आर्थिक विकासमा २४ करोड ५७ लाख ५४ हजार विनियोजित गरेर ४९ दशमलव ८६ प्रतिशत सामाजिक विकासतर्फ आठ करोड ११ लाख विनियोजित गर्दै १६ दशमलव ६१ प्रतिशत, पुर्बाधार बिकासमा १४ करोड दुई लाख २७ हजार विनियोजित गर्दै २८ दशमलव ४५ प्रतिशत, बन बाताबरण र विपद ब्यवस्थापनमा एक करोड ७६ लाख १३ हजार विनियोजित गर्दै तीन दशमलव ५७ प्रतिशत र सुशासन तथा संगठन बिकासमा ७३ लाख ५१ हजार विनियोजित गरेर एक दशमलव ४९ प्रतिशत बजेट रहेको छ ।

सबै क्षेत्र गरी ६९ योजना छनौट गरिएका छन् । बजेट तथा कार्यक्रमलाई सभाले सर्वसम्मत पारित गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]