सर्केगाड गाउँपालिकाले ल्यायो ४७ करोड बजेट

Nepal Chek मंगलबार, आषाढ १२, २०८१

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । आर्थिक वर्षका लागि ४७ करोड ६७ लाख २२ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो । सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायले आर्थिक बर्ष २०८१र०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सोमबार सर्केगाड गाउँपालिकाको १४ औं गाउँसभाको आयोजना गरिएको नीतिमा १३ वटा क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ ।

गाउँपालिका अध्यक्ष रोकायले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, यातायातको दिगो व्यवस्थापन, अर्गानिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि र बजारीकरण लाई जोड दिएको छ । त्यसै गरि पूर्वाधार निर्माण तथा दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसोधन तथा संस्थागत सुशासन रहेका छन् ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]