सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले सोमबार ३८ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाले आज ल्याएको बजेटमा चालु तर्फ १६ करोड ६५ लाख २० हजार १ सय र पुजिगत तर्फ २२ करोड ७ लाख ३ हजार ९ सय गरी जम्मा ३८ करोड ७२ लाख २४ हजारको बजेट प्रस्तुत गरिएको हो।
संघिय वित्तिय समानिकरण अनुदान ६ करोड १९ लाख,संघिय ससर्त अनुदा रु।१४ करोड ९१ लाख ९१ हार,संघिय विषेश अनुदान १ करोड ५० लाख र संघिय राजस्व बाँडफाड रु।५ करोड६१ लाख गरी जम्मा २७ करोड ५१ लाख ९१ हजारको बजेट प्रस्तुत गरे ।
यसैगरी प्रदेश समानिकरण अनुदान ६२ लाख ३० हजार,प्रदेश ससर्त अनुदान रु।६ करोड ५६ लाख ७८ हजार,प्रदेश समपुरक अनुदान रु।१ करोड ७८ लाख,प्रदेश विशेष अनुदान रु।५० लाख र प्रदेश राजस्व बाँडफाँड रु।५ लाख २५ हजार गरी ९ करोड ५० लाख ३३ हजार तथा आन्तरिक राजस्व २० लाखको अनुमान सहित बजेट प्रस्तुत गरिएको छ ।
बजेट प्रस्तुत भएपनि बजेटको बाँडफाँड भने बिषयगत शाँखा अनुसार गरिएको छ । सामाजिक विकासको शिक्षा तर्फ संघिय ससर्त अनुदान रु। ८ करोड १२ लाख ३० हजार, गाउँपालिकाको अनुदान रु।२ करोड रकम बिनियाजन गरिएको छ भने स्वास्थ्य तथा पोषणको लागिसंघिय ससतृ अनुदान रु।१ करोड ७० लाख ९९ हजार,गाउँपालिकाको अनुदानबाट १ करोड ५० ललाख रकम विनियिोजन गरिएको छ । महिला बालबालिका तथा समाजकल्याण तर्फ घाइते अपांगता र द्धोन्द पिडितहरुको लागि आयआर्जन सुधार तर्फ ३५ लाख तथा खानेपानी क्षेत्र तर्फ रु।८५ लाख, युवा खेलकुद तथ संस्कृति क्षेत्रमा २० लाख रकम विनियोजन गरेका छन् ।
उपाध्यक्ष थापा द्धारा प्रस्तुत बजेट वक्तब्यमा आर्थिक विकास क्षेत्रको कृषि तथा पशुपालन तर्फ संघिय सरकार ससर्त अनुदानबाट ३७ लाख ७६ हजार र गाउँपालिकाको अनुदानबाट ८१ लाख १९ हजार रकम विनियोजन गरेका छन् भने स्थानीय उद्योगका क्षेत्रमा संघिय ससर्त अनुदानबाट १३ र गाउँपालिकाको अनुदानबाट २० लाख रकम बिनियोजन गरिएको छ ।
भौतिक पुर्वाधार क्षेत्र तर्फ संघिय सरकार ससर्त अनुदानबाट करिब ३ करोड रकम विनियोजन गरीएको छ भने प्रदे सरकारको ससर्त अनुदानबाट करिब ९ करोड रकम विनियोजन गरिएको छ । गाउँपालिकाको अनुदानबाट २ करोड रकम विनियोजन गरिएको छ ।
वन तथा वातावरण क्षेत्रमा ३० लाख,सुशासन,सार्वजनिक सेवा तथा क्षामता विकास क्षेत्रमा २० लाख,न्याय,कानुन तथा मानव अधिकार क्षेत्रमा १५ लाख,सुचना तथा सञ्चारको क्षेत्रमा २० लाख,शान्ति शुरक्षा व्यवस्थापनको क्षेत्रमा २ लाख,मर्मत संभार तथा विविध क्षेत्रमा ८० लाख रकम विनियोजन गरिएको छ ।
यस्तै गाउँपालिकाको पुराना विभिन्न दायित्वका क्षेत्रमा २ करोड,जनप्रतिनिधिहरुको सेवा सुविधा स्थायी क्रमचारीहरुको तलब भत्ता तथा अन्य भत्तामा २ करोड ४५ लाख,इन्धन खर्चमा ३० लाख,कार्यालय मसलन्द तथा व्यवस्थापन खर्चमा ७० लाख, अनुगमन मुल्यांकन भ्रमण खर्च र अतिथि सत्कारमा ३० लाख रकम विनियोजन गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका क्षेत्रमा उपाध्यक्षसँग युवा रोजगार कार्यक्रम नाम राखेर ८१ लाख र श्रमको सम्मान राष्टको अभियान रोजगार संवाद मञ्च तर्फ १३ लाख रकम विनियोजन गरिएको छ । आज प्रस्तुत वजेटको यही अषाढ २६ गते देखी छलफल गरी पारीत गरीने गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।