हुम्लाको सल्लाघारी माध्यामिक विद्यालय निल, जिल्लाभर ४६.१९ प्रतिशत उत्तीर्ण

दाने बोहरा शुक्रबार, आषाढ १५, २०८१

सिमकोट । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा हुम्लाको एक वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शून्य प्रतिशतमा उत्तीर्ण हुनेमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–५ मा पर्ने सल्ललाघारी विद्यालय रहेको छ । वडा –५ मा रहेको सल्लाघारी माध्यामिक विद्यालयबाट शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख योगेश आले मगरले बताउनुभयो ।

सल्लाघारी माध्यामिक विद्यालयबाट ५१ जनाले परीक्षा दिएकोमा कसैले पनि परीक्षा उत्तीर्ण गर्न नसकेको उहाँले इकाई हुम्लाका प्रमुख आले मगरले बताउनुभयो । परीक्षामा सहभागी ५१ जना कोही पनि उत्तीर्ण हुन नसक्दा सल्लाघारी विद्यालय निल भएको हो ।

यस्तै साधरण धार तर्फ खार्पुनाथ गाउँपालिका–४ छिप्रामा रहेको सीता माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी कोही पनि उत्तीर्ण हुन नसकेका हुन् । साधरण तर्फ सहभागी १९ जनामा कोही पनि उत्तीर्ण हुन नसकेको इकाई प्रमुख आले मगरले बताउनुभयो । प्राविधिक धार तर्फ सहभागी ३१ ज्नामा १० जना मात्रै उत्तीर्ण भएका छन् । यसै गरी खार्पुनाथ गाउँपालिका–२ थालीमा रहेको शंकर माध्यामिक विद्यालयबाट सहभागी १३ जनामा ३ जना उत्तीर्ण भएका छन् । भने हुम्ला मावि रायाबाट परीक्षामा सहभागी १४ जनामा ३ जना माधै उत्तीर्ण भएका छन् ।

यस्तै अदानचुली गाउँपालिका– ६ मा रहेको कैलाशपुरी माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी ३७ जना मध्ये एक जना मात्रै उत्र्तीण भएको बताइएको छ । यो विद्यालयपनि निल हुनबाट जोगिएको छ । अदानचुलीकै ज्ञानदेव माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी ३७ जनामा ४ जना मात्रै उत्तीर्ण भएका छन् । यसैगरी ताँजकोटमा रहेको मदनादेव माध्यामिक विद्यालय पादा पदनाबाट परीक्षामा सहभागी २४ जना मध्ये दुई जना मात्रै एसइईमा उत्तीर्ण भएका छन् ।

यस्तै सदरमुकाममा रहेको सिमकोट गाउँपालिका– २ ठेहे गाउँमा रहेको रामदेव माध्यामिक विद्यालयबाट सहभागी १५ जना मध्ये ३ जना उत्तीर्ण भएका छन् । वडा–८ स्याडा गाउँमा सैपाल हिमाल माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी १९ जना मध्ये २ जना मात्रै उत्तीर्ण भएका छन् ।
कैलाश माविबाट परीक्षामा सहभागी २७ मध्ये पाँच जना मात्रै उत्तीर्ण भएका छन् । यसैगरी रलिङ्ग माध्यामिक विद्यालय र कर्णाली माध्यामिक विद्यालयबाट आठ आठ जना मात्रै उत्तीर्ण भएका छन् ।

लोकराजले ल्याए जिल्लाकै उत्कृष्ठ जिपीए 

अदानचुली गाउँपालिका ज्ञानोदय माध्यामिक विद्यालयका विद्यार्थी लोकराज महताराले जिल्लाकै सहभागी परीक्षार्थी मध्ये उत्कृष्ठ ३.९५ जिपीए ल्याएका छन् । सोही विद्यालयका विराज भण्डारीले ३.८६ जिपीए ल्याएका छन । भने हिमज्योती माध्यामिक विद्यालय सर्केगाडका मिशन रोकायाले ३.८२ जिपीए ल्याएको जानकारी प्राप्त भएको छ ।

प्राविधिक धार तर्फ खार्पुनाथ गाउँपालिका वडा नम्बर चार छिप्रामा रहेको सीता माध्यामिक विद्यालयका अस्मीता रावलले ३.३८ जिपीए र सोही विद्यालयका महेश हमालले ३.३३ जिपीए ल्याउनुभएको छ । यसैगरी नाम्खा गाउँपालिका महावौद्ध माध्यामिक विद्यालय याल्वाङका पेमा तेन्जि लामाले ३.२८ जिपीए ल्याउन भएको छ ।

हुम्लामा ४६.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

यस्तै जिल्लाबाटा ४६.१९ प्रतिशत विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्तीर्ण भएका छन् । भने ५४.८१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

गत चैत १५ देखि चैत २६ गतेसम्म सञ्चालित एसईई परीक्षामा हुम्लाबाट कुल एक हजार एक सय ६९ विद्यार्थी सहभागी भएकोमा ती मध्ये ४६.१९ प्रतिशत मात्र अर्थात ५ सय ४० जना उत्तीर्ण भएका छन् । ६ सय २९ जना विद्यार्थी भने अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख आले मगरले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]