हवाई मार्गबाट हुम्ला आइपुग्यो तीस करोड

Nepal Chek मंगलबार, आषाढ २६, २०८१

सिमकोट । हिमाली जिल्ला हुम्लामा आर्थिक अभाव हुन नदिन राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले हवाई मार्गबाट रु तीस करोड चाटरफलाइट गरेर सिमकोट पुर्याएको छ । सिमकोट शाखाले नेपाल राष्ट्र बैंकसँग माग गरेअनुसार मङ्गलबार रु तीस करोड हुम्ला पुगेको हो । पाँच दिनअघि नियमीत वर्षा भएका कारण हवाई उडान नहुँदा उक्त पैसा जिल्लामा पुग्न सकेको थिएन् । मौसममा सुधार आएसँगै मङ्गलबार रु तीस करोड हुम्ला पुगेको राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाका प्रबन्धक दिपक कुमार शाहले बताउनुभयो ।

पैसाको अभाब भएका बेला जिल्लामा तीस करोड पैसा आइपुगेको छ । आर्थिक वर्षको अन्त संगै बैंकहरुमा पैसाको अभाब भएका बेला राष्ट्र बैंक नेपालगञ्जबाट हुम्लामा पैसा आइपुगेको हो । बिभिन्न बिकासे योजनाको भुक्तानी धेरै दिनु पर्दा बैंकमा पैसाको अभाव भएको प्रबन्धक शाहले बताउनुभयो । जिल्लाको माग अनुसार राष्ट्र बैंक नेपालगञ्जले तीस करोड पठाए पछि अब पैसाको समस्या समधान हुने भएको उहाँले बताउनुभयो ।

२३ गते अघि बैंकमा सेवाग्राहीको चहलपहल सामान्य भएपनि त्यस यता दैनिक भुक्तानी लिनेको चाप बढेको प्रबन्धक शाहले बताउनुभयो । आइतबार यतादेखि बैंकले दैनिक रु तीन करोडसम्म भुक्तानी दिने गरेको छ । विभिन्न विकासे योजना तथा आयोजनाका रकम लिन सेवा आउँदा बैंकमा चाप बढ्नका साथै तीन करोड सम्म भक्तानी हुने गरेको शाहले बताउनुभयो । आइतबार अघिका दिनमा दैनिक ८० लाखसम्म भुक्तानी हुने भएपनि पछिल्ला दुई दिन यता भुक्तानी लिने र दिने काम बढेको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]