मृगौला पिडित बोहरालाई उपचारमा आर्थिक अभाव ः सहयोगको लागि अपिल

Nepal Chek बुधबार, आषाढ २७, २०८१

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ प्याम्फेक गाउँका धन बहादुर बोहराको एक मृगौला फेल हुँदा उपचारमा आर्थिक अभाव भएको छ । ४१ वर्षिय बोहराको एक मृगौला काम नगर्दा उपचारमा आर्थिक अभाव हुँदा आफन्त आर्थिक सहयोगको अपिल गरेका छन् ।

संघिय राजधानी काठमाण्डौंमा रहेको विर अस्पतालमा उपचारत ४१ वर्षिय बोहरालाई उपचारमा आर्थिक अभाव हुँदा सक्ने जति सहयोग गरिदिन आफन्त चुचे बोहराले आग्रह गर्नुभएको छ । बोहराको मृगौलाले काम गर्न छोडेपछि अप्रेसन गर्न बढी रकम चाहिँने हुँदा आफुसँग आर्थिक कम्जोर भएकाले सक्ने जति सहयोग गरिदिन बोहराले आग्रह गर्नु भएएको छ । घरको आर्थिक स्थिति कमजोर भएको कारण उपचारमा समस्या भएको बताइएको छ ।

अस्पतालको उपचारमा लाग्ने खर्च थेग्न नसकेपछि मृगौला पिडित धनबहमदुरको परिवारले सहयोगको लागि अपिल गरेको छ । डाक्टरले पैसा थुप्रै लाग्ने भनेका छन, तर खर्च धेरै लाग्ने भएपछि घरमा आर्थिक अवस्था कम्जोर भएपछि बोहरालाई बचाउनका लागि आफन्तले सहयोगको अपिल गरेका छन् । मृगौला पिडित बोहरालाई फोक्सोमा समेत समस्या भएको डाक्टरले बताएको बताइएको छ ।

घरमा भएको सबै पैसा सकिएको हुनाले थप उपचारका लागि रकम अभाव हुँदा मनकारी सहयोगीले सिमकोट हुम्लामा रहेको चुचे बोहराको खाता नम्बर ४१९०१०००१३४३६०१० सक्ने जति सहयोग गरिदिन बोहराले आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहने जो सुकैले फोन नम्बर ९८६४९५०६१० को मोवाइल नम्बरमा समेत सम्र्पक गर्न बोहरा आग्रह गर्नु भएको छ । सक्ने जति सहयोगी मनकारीले सहयोग गरिदिन आफन्तले आग्रह गरेका छन् । यस्तै बोहराको उपचारका लागि सदरमुकाम सिमकोटमा सहयोग माग्न सुरु गरिएको छ । बुधबार विभिन्न कार्यालय र व्यक्तिबाट रु ६२ हजार रकम संगलन भएको बजमन बोहराले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]