सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रका विभिन्न चोकमा सिमकोट गाउँपालिकाले सिसि क्यामेरा जडान गरेको छ । बजार क्षेत्रमा रहेका तीनवटा मुख्य चोकमा सिसिटिभि क्यामेरा जडान गाउँपालिकाले गरेको हो ।
सिमकोट बजारका मुख्य चोकमा चोरी लगायत अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका लागि सहज होस् भन्ने उदेश्यले गाउँपालिकाले पाँचवटा सिसिटिभि जडान गरेको सूचना तथा संचार प्रविधि अधिकृत छिरिङ युङडुङ लामाले बताउनुभयो । नागरिकहरुको हितका लागि सिसिटिभी जडान गरिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले सिमकोटमा हुने चोरी, अपराधिक लगायत होहल्ला हुन नदिन यदी भएको पाइएमा अनुसन्धानमा सहज हुने भएकाले सिसिटिभि जडान गरिन दिन गाउँपालिकालाई आग्रह गरेपछि बुधबारदेखि बजार क्षेत्रका मुख्य मुख्य चोकमा जडान सुरु गरिएको हो । यसले गर्दा बजार क्षेत्र भित्र हुन सक्ने जघन्य अपराध, चोरी पैठारी तथा अन्य गलत कृयाकलापको रोकथाम र नियन्त्रणमा सहयोग जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बजार क्षेत्रको मुख्य एर्पोट चोकमा दुई, लोकतान्त्रीक चोकमा दुई र कालिन्चोकमा एक गरी पाँच वटा सिसिटिभि जडान गरिएको हो । कालिन्चोकमा पिटिजेट ३६० साइजको घुम्ने एक वटा सिसिटिभि जडान गरिएको हो । नाईट भिजन सहितका क्यामेराले सडकमा हिडिरहेका नागरीकका साथै सवारी साधनको समेत जानकारी लिने भएको हो ।
सिमकोट बजारमा हुने विभिन्न गतिविधिको निगरानी गर्ने र गाउँपालिकाको मुख्य केन्द्र सिमकोट बजारलाई शान्त तथा अपराध रहित बनाउन सिसिटिभि क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । गाउँपालिकाले आवश्यकताका आधारमा बजार क्षेत्रका अन्य चोकमा पनि सिसि क्यामेरा जडान गर्दै जाने अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकालाई यो पटक आर्थिक कम भएकाले पाँचवटा मात्रै सिसिटिभि जडान गरिएको बताइएको छ । भने यसपछि पनि अन्य चोकमा जडान गर्दै जाने बताइएको छ ।