भ्रष्टचार विरुद्ध खबरदारी गर्दै रास्वपा हुम्लाले थाल्यो हस्ताक्षर अभियान

Nepal Chek शनिबार, साउन ०५, २०८१

सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाले शनिवारदेखि जिल्लामा हुने भ्रष्टचार विरुद्ध खबरदारी गर्दै हस्ताक्षर अभियान थालेको छ । जान्नेलाई छान्ने भन्दै यस पार्टीले शनिवारदेखि जिल्लामा हुने भ्रष्टचार अन्त्यका विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको ।

रास्वपा हुम्लाका जिल्ला संगठन विस्तारका संयोजक बुधे बुढाको नेतृत्वमा भ्रष्टचार विरुद्धको कार्यक्रम आजबाट सुरु भएको हो । रास्वपा हुम्लाले शनिवार सदरमुकाम सिमकोट बजारमा भ्रष्टचार विरुद्धको नारा लगाउँदै र्याली लगाउनुका साथै लोकतान्त्रीक चोकमा कोणसभा भएर सम्पन्न भएको थियो । रास्वपा हुम्लाले साउन महिनाभरी सदरमुकाम सिमकोटमा भ्रष्टचार अन्त्यका लागि हरेक हप्ताको शनिवार हस्ताक्षर कार्यक्रम गर्नुका साथै बजार क्षेत्र सरसफाई समेत गरिने भएको भ्रष्टचार विरुद्ध खबरदारीका जिल्ला संयोजक महेन्द्र पाण्डेले बताउनुभयो । आज पहिलो दिन सदरमुकाम सिमकोटमा सञ्चालन भएको उक्त कार्यक्रममा तीन सयम जना भन्दा बढीले हस्ताक्षर गरेको उहाँले बताउनुभयो ।

जिल्लामा विकास निर्माणका कामले गति लिन नसकेर गुणस्तरीय नभएर यहाँका विभिन्न कार्यालय र स्थानीय तहमा व्यथिति भएपछि भ्रष्टचार अन्त्यका लागि आफुहरुले साउन महिनाभरी यो कार्यक्रम गर्ने पाण्डेले बताउनुभयो । भदौ मपहनादेखि जिल्लाका सातवटै गाउँपालिकामा र गाउँ गाउँमा गएर भ्रष्टचार विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै कार्यक्रम समेत सञ्चालन गरिने भएको बताइएको छ । आज बसेको रास्वपा हुम्लाको बैठकले महेन्द्र पाण्डेलाई सातवटै गाउँपालिका हेर्ने गरी भ्रष्टचार विरुद्ध खबरदारी अभियानको संयोजक तोकिएको हो । जिल्लामा हुने भ्रष्टचार अन्त्यका लागि आफ्नो पार्टीले दबाब स्वरुप यो अभियान सञ्चालन गरेको रास्वपाका जिल्ला सभापति बुधे बुढाले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]