ट्याक्टर दुर्घटना दुई जना घाइते

Nepal Chek बुधबार, साउन १६, २०८१

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा विहान साढे दश बजे ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएको छ ।

कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्याक्टर ट्रनिङ्ग नपुगेर चिप्लीएर सडक भन्दा पचास मिटर भन्दा तल खसेको छ । सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका २७ वर्षिय धनबहादुर सुनार उहाँका सहयोगी (सहचाल) सिमकोट गाउँपालिका–२ ठेहे गाउँका प्रिती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

घाइते दुबै जनालाई अहिले जिल्ला अस्पताल हुम्लामा पुर्याएर उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । चालक सुनारको घातीको भित्री भागमा र सहयोगी प्रितीको ढाड, टाउको र दाहिने हातको बुढी औला र चोरी औलामा चोट लागेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
nepalchek2078@gmail.com
sureshpariyar700@gmail.com
danebohara390@gmail.com