सिमकोट । नेपाल विद्यार्थी संघले ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम शुक्रबार सदरमुकाम सिमकोटमा सञ्चालन गरेको छ । जिल्ला ट्राफिक कार्यालय हुम्ला र नेपाल विद्यार्थी संघको साझेदारीमा सदरमकाममा रहेका दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम लागु गरिएको हो ।
सदरमुकाममा रहेका बालमन्दिर माध्यामिक विद्यालय र भिमशेन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम लागु गरिएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य नर बहादुर भण्डारीले बताउनुभयो । नेविसंघ केन्द्रि सदस्य भण्डारीका अनुसार, ट्राफिक कार्यालय हुम्लाको उपस्थितमा विद्यार्थीहरुलाई लाइट, बाटो काट्ने, यातायात सञ्चालन हुँदा आवतजावत गर्ने सम्बन्धि जानकारी गराइएको बताउनुभयो । सदरमुकाममा रहेको काचिन्चोक र जिल्ला प्रशासन कार्यालय अगाडी दुई ठाउँको सडकमा जेब्रा क्रसिङको चिन्ह निर्माण गरेको जानकारी प्राप्त भएको छ ।
यस्तै नेविसंघ हुम्लाले सदरमुकाममा रहेका दुई मुख्य चोकमा जेब्रा क्रसिङका चिन्ह निर्माण गरेको ट्राफिक कार्यालय हुम्लाका प्रमुख चन्द्र प्रकाश डाँगीले बताउनुभयो । यस्ता कार्यक्रमहरुले बिद्यार्थिहरुमा ट्राफिक नियमको पालना गर्नुपर्नेमा जिम्मेवारीबोध हुने प्रमुख डाँगीले बताउनुभयो । बिद्यालयहरुमा सञ्चालन भएको यो किसिमको कार्यक्रमले विद्यार्थिहरुलाई सडक छेउमा हिड्दा, बाटो काट्दा र यात्रा गर्दा ध्यान दिनुपर्ने कुरामा सचेत गराइन लागेको ट्राफिक डाँगीले बताउनुभयो । यस प्रकारका कार्यक्रमहरुले दुर्घटना न्यनिकरणमा सशयोग पुग्ने बताइएको छ । नेविसंघले सञ्चालन गरेको ट्रार्फिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमले सवारी दुर्घटनामा कमि आउने बिश्वास लिएको उहाँले बताउनुभयो ।
पैदल यात्रुहरु जोखिमपूर्ण रूपले जथाभावी रूपमा बाटो काटिरहने र सार्वजनिक तथा निजी सवारी साधनहरूको अत्यासलाग्दो सञ्चालनले दुर्घटना बढ्ने जोखिम रहेको छ । हुम्लाको सदरमुकाम सिमकोटको सडकमा लेन छुट्टिदैन न त जेब्राक्रस नै छ । तर, अधिंकाश चालक त्यही चिह्न नभएका सडकमा हतारमा गुड्दै आएका छन् । जेब्राक्रम तथा लेन चिह्न केही भेट्टिदैनन्, सर्वसाधारण जहीँतहीँबाट हिँडनुपर्ने बाध्यता छ । उसो त जिल्लामा सञ्चालन हुँदै आएका सवारी साधनले रुटमरमिट विना सञ्चालन हुँदै आएको बताइएको छ । सदरमुकाम सिमकोटमा मात्रै ट्राफिक कार्यालय भएपनि जिल्लाका अन्य क्षेत्रमा भने यो कार्यालय स्थापना भएको देखिदैन् ।