सिमकोट । जिल्लाको सर्केगाड गाउँपालिका–१ जैरमा आपासी विवादमा खुकुरी प्रहारमा एक जना सिकिस्त घाइते भएका छन् ।
गाउँका दुईपक्ष बीच आपसी विवाद हुँदा एक पक्षको खुकुरी प्रहारबाट ४९ वर्षिय वुद्धि बम खुकुरी सिकस्त घाइते भएको सर्केगाड–१ क वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।
घाइते बुढाको स्थानीय स्वास्च्य चौकीमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउन सर्केगाड पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्मालेजानकारी दिए ।
प्रहरी प्रमुख शर्माका अनुसार खुकुरी प्रहार गर्ने पक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाद हुनुका कारणका बारेमा अनुसन्धान भैरहेको छ ।