सिमकोट । हुम्ला जिल्ला अदालतले जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला अदालत हुम्लाका न्यायाधीश शम्भु प्रसाद बरालको अध्यक्षतामा र श्रेस्तेदार ज्ञानबहादुर खत्री लगायत जिल्ला स्थित पत्रकारहरुको उपस्थितमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष ०८०।०८१ मा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको संख्या तथा रिटको लगत फछ्र्यौट र बाँकी विवरणको बारेमा पत्रकार र अदालत बीच छलफल भएको थियो । आर्थिक वर्ष ८०।८१ मा नयाँ दर्ता ६७ र आर्थिक वर्ष ०७९।०८० बाट लगत सरी आएका ४१ गरी जम्मा एक सय आठ र एक वटा रिट निवेदन गरी जम्मा ए सय नौ वटा मुद्दा दर्ता भएको बताइएको छ । भने जिम्मेवारी सरी आएकाबाट फछ्र्यौट ३६ र नयाँ दर्ता भएकाबाट ५३ वटा गरी ८९ मुद्दा फर्छौट गरी ८२ दशमलब ४६ प्रतिशत मुद्दा फर्छौट गरेको जिल्ला अदालत हुम्लाका न्यायाधीश शम्भु प्रसाद बरालले बताउनुभयो ।
आर्थिक वर्ष ०८१।०८२ मा जिम्मेवारी सरी आएका १९ र नयाँ दर्ता भएका २ वटा गरी जम्मा २१ वटा मुद्दा हाल जिल्ला अदालतमा चालु रहेका छन् । आर्थिक वर्ष ०८०।०८१ मा बालबालिका सम्बन्धी मुद्दाहरुमा जिम्मेवारी सरी आएका ५ वटा नयाँ दर्ता भएका ४ वटा गरी ९ वटा मध्य जिम्मेवारी सरी आएका ४ वटा र नयाँ दर्ता भएका ३ वटा गरी ७ वटा फछ्र्यौट भएको न्यायाधीश बरालले बताउनुभयो ।
यसैगरी आर्थिक वर्ष ०८१।०८२ मा बालबालिका तर्फ जिम्मेवारी सरी आएका २ वटा नयाँ दर्ता नभइ २ वटा मात्रै बाँकी रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले यसरी बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।