महिना दिनपछि रायामा टेलिफोन सेवा सुचारु

Nepal Chek आइतबार, भाद्र ०२, २०८१

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा अवरुद्ध भएको नमस्ते टेलिफोन सेवाको टावर शुक्रबारदेखि सञ्चालन भएको छ । रायाको ठानकोटमा रहेको टावर अवरुद्ध भएको एक महिना बढी भएको थियो ।

उक्त स्थानमा रहेको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर शनिबार मर्मत गरेपछि सोही दिनको दिउँसोदेखि सञ्चालनमा आएको नेपाल टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाले बताउनुभयो । अब राया लगायत खार्पुनाथ गाउँपालिकाको चारवटा वडाका नागरीक सहित आसपास क्षेत्रका सेवाग्राहीले पनि सेवा लिन पाएको निमित्त प्रमुख लामाले बताउनुभयो ।

प्राविधिक शाहीका अनुसार, रायाको ठानकोटमा रहेको टावर अवरुद्ध हुनु विद्युतको पावर नभएकाले एक महिनादेखि यो सेवा अवरुद्ध भएको थियो । पावर ब्याकप नपुगेका कारण टेलिफोन सेवा अवरुद्ध भएको प्राविधिक शाहीले बताउनुभयो । अन्य कुनै सामग्री नविग्रीएको र ब्याकप नपुगेकाले अवरुद्ध भएको हो । सामान्य मर्मतपछि सेवा सुचारु भएको जानकारी प्राप्त भएको छ । चार्ज नहुने जस्तापाता जडान गरेपछि टेलिफोन सेवा सञ्चालनमा आएको हो । प्यानल जडान गरिएपछि सेवा सुचारु भएको हो ।

धेरै वर्ष पुराना सोलार भएकाले अझै टेलिफोन सेवा अवरुद्ध हुने देखिएको बताइएको छ । जस्तापता पुराना हुँदा बेला बेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ । यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही आजदेखि टेलिफोन सेवाको पहुँचमा पुगेका छन् । यी चारवटा वडाका झण्डै दुई हजार बढी सेवाग्राही टेलिफोन सेवाबाट एक महिनादेखि बन्चित रहेका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]