पाँच दिनदेखि खार्पु सडक खण्ड अवरुद्ध

Nepal Chek बुधबार, भाद्र १२, २०८१

सिमकोट । कर्णाली कोरिडोर अन्तर्गतको खार्पुनाथ गाउँपालिका वडा नम्बर एक पिउस गाउँ नजिकको सडक पाँच दिन देखि अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन् ।जिल्लामा परेको अविरल वर्षाले उक्त सडक खण्ड अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

कर्णाली कोरिडोर अन्तर्गतको सडक अवरुद्ध हुँदा पाँच दिन देखि सवारी साधनले आवतजावत गर्न नसकेको बताइएको छ । सोही सडक खण्डमा नेपालगञ्ज, सुर्खेत हुँदै खार्पुदोभान सम्म पुग्ने यातायातका साधन सञ्चालनमा आउन नसकेका हुन् । उत्त, क्षेत्रका सडक अवरुद्ध भएसँगै सानदेखि ठुला सवारी रोकिएका छन् । खार्पुदोभानदेखि सर्केगाड, ताँजकोट, चंखेली गाउँपालिकामा जाने सवारी समेत रोकिएका छन् ।

अविरल वर्षाले सडक माथिबाट आएको पहिरो र ढुंगा सकेका कारण सडक नै अवरुद्ध बनाएको छ । यस क्षेत्रको सडकमा पहिरो आउँदा सवारी साधनलाई नभएर अन्य सर्वसाधरणलाई समेत आवतजावतमा समस्या बनाएको छ । भने जोखिम मोलेर हिड्नु पर्ने अवस्था रहेको बताइएको छ । अवरुद्ध भएको सडक खुलाउन कसैले चासो नदिएको पाइएको छ । सडकमा पहिरो जानुका साथै ठूला ठूला ढुंगा खसेर अवरुद्ध बनाएको छ ।

यस्तै दक्षिण भेगमा रहेका विभिन्न स्थानका सडक समेत अविरल वर्षाले अवरुद्ध बनाएको जानकारी प्राप्त भएको छ । विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा सवारीसाधनलाई आवतजावतमा निकै समस्या बनाएका छ । अधिकांस स्थानका अवरुद्ध भएका सडक नेपाल प्रहरी र नेपाली सेनाले खुलाउँदै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]