तीन वर्षमा ३३ दुर्घटनाः सात जनाको मृत्यु

Nepal Chek सोमबार, भाद्र १७, २०८१

सिमकोट । गुणस्तरी सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षको अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन । सोही दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, आर्थिक वर्ष २०७८।०७९ मा पाँच वटा दुर्घटना भएका छन् । त्यसमा जीप, ट्याक्टर, डोजर (स्काभेटर) गरेर ६ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । त्यस वर्षमा एक जना बालकको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । जीप एक, ट्याक्टर तीन र स्काभेटर एक गरी ६ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ६ जना घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७९।०८० मा विभिन्न दश वटा दुर्घटना भएको थियो । सोही समयको दुर्घटनामा परी दुई जनाको ज्यान भएको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । सोही आर्थिक वर्षमा जीप र ट्याक्टरमा परी एक एक जना पुरुषको मृत्यु भएको जानकारी प्राप्त भएको छ । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटना भएको हो । त्यस आर्थिक वर्षमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए । घाइतेहरु सबै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारपछि घर फिर्ता भएका छन् ।

यस्तै आर्थिक वर्ष २०८०।०८१ मा १८ वटा दुर्घटना जिल्लाका विभिन्न स्थानमा भएका छन् । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई जना गरी चार जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यो तीन वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०८०।०८१ मा दुर्घटना बढी भएका छन् । भने मृतकको संख्या पनि बढी भएको जानकारी प्राप्त भएको छ । यो आर्थिक वर्षमा ३५ जना विभिन्न समयको दुर्घटनामा परी घाइते भएका थिए । उनीहरु सबै उपचारपछि घर फिर्ता भइसकेका छन् ।

तीन वर्षको तथ्याङक हेर्दा हरेक वर्ष दुर्घटना झिनो संख्यामा मृत्यु हुने बढेको देखिन्छ । घाइते हुनेको संख्या झन बढिरहेको छ । पछिल्लो तीन वर्षमा हुम्लामा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते बनेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]