गायक भण्डारीले ल्याए दोहोरी गीत ‘कर्णालीको शिर’

Nepal Chek आइतबार, भाद्र २३, २०८१

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर –१ ठेहे गाउँमा जन्मीनु भएका लोकप्रिय तथा जिल्लाका चर्तित गायक नवराज भण्डारीले पहिलो पटक ‘कर्णालीको शिर’ लोक दोहोरी गीत बजारमा ल्याएका छन् । ‘कर्णालीको शिर’ दोहोरी गीतमा हुम्लाका गायक भण्डारी र जुम्ला जिल्ला हिमा गाउँपालिका पातार खोला गाउँमा जन्मीनु भएका सम्झना अधिकारीको स्वर रहेको छ । विन खातीको शब्द, लय रहेको उक्त लोक दोहोरी गीतमा गायक भण्डारी र गायीका अधिकारीले स्वर दिएका छन् । उक्त दोहोरी गीतमा हुम्ला जुम्ला सहित कर्णालीका साविकका जिल्लाहरुको सम्भावनाका विषयवस्तु उठान गरिएको छ । पर्यटकीय सम्भावना बोकेको कर्णाली भएकाले यसको थुप्रै सम्भावनाका प्रचारप्रसार सहित मायापिरतीका शब्द पनि समेटिएका छन् ।

गायक भण्डारीले भन्नुभयो, हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा विभिन्न पर्यटकीय र धार्मीक गन्तव्यको प्रचुर सम्भावना भएकाले यसको प्रचारका लागि यो गीत बजारमा ल्याएका हौं । ‘कर्णालीको शिर’ दोहोरी गीत गायक भण्डारीको आफ्नै युट्युब च्यानल प्रकाशन गरिएको छ । गायक भण्डारीले यसअघि थुप्रै देउडा गीत बजारमा ल्याइसकेका छन् । दोहोरी गीत भने पहिलो बजारमा ल्याएको गायक भण्डारीले बताउनुभयो । शनिबार मात्रै बजारमा आएको ‘कर्णालीको शिर’ दोहोरी गीतका लिंक यहाँ रहेको छ ।

(3) Karnali ko Sira | By Nawaraj Bhandari & Samjhana Adhikari New Lok Geet 2081 – YouTube

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]