सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँमा २०२२ सालमा स्थापना भएको रामदेब माध्यामिक विद्यालयको ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैबान बोहराको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष विजय भडारी (प्रतिरोध)को प्रमुख आथित्यमा र अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहको विशेष आथित्यमा ५९ औँ बार्षिक उत्सव सम्पन्न भएको वडा नम्बर दुईका वडाध्यक्ष देवजङ बोहराले जानकारी दिनुभयो । वार्षिक उत्सव तथा अभिभावक दिवसमा सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुर बस्नेत, नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति कैलाश भण्डारी, नेकपा माओवादी केन्द्र हुम्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान), शिक्षक अभिभावक संघका अध्यक्ष नर भण्डारी, सोही विद्यालयका शिक्षक, विद्यार्थी लगायत ठेहे गाउँका नागरीक सबैको उपस्थित रहेको थियो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका लेखापाल गोरख भण्डारीले वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो । यस्तै आय व्यय प्रस्तुत गर्दै भण्डारीले आय तर्फ १ करोड, २४ लाख, ३१ हजार, ४९ रुपैयाँ ६९ पैसा र खर्च तर्फ १ करोड, १० लाख, ३९ हजार, ८ सय प्रस्तुत गर्नु भएको थियो । भने १३ लाख, ६५ हजार, ६ सय ५२ बैंक मौजाद रहेको प्रस्तुत गरिएको थियो ।
यस्तै बुधबार भएको उक्त कार्यक्रममा प्रथम एलो हाउस, दोस्रो बुलु हाउस, तेस्रो रेड हाउस र सान्तवना ग्रिन हाउस भएको प्रधानध्यापक टिकाराम पौडेलले जानकारी दिनुभयो । भने विद्यार्थीले विभिन्न नृत्य कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अथिति रहनुभएका सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले ब्यानर उद्घाटन गर्नुभएको थियो भने सोही विद्यालयका शिक्षक हंस भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।