जब देश संकटमा पुग्छ तब एमाले, कांग्रेसको गठबन्धन हुन्छः उपमहासचिव ज्ञवाली

Nepal Chek सोमबार, कार्तिक ०५, २०८१

सिमकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्के उहाँको भनाई थियो । यो सरकार बनेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका निम्ती सरकार बनेको होइन्, सिंहदरवारमा प्रधानमन्त्रीको फोटो थप्नका लागि होइन् । देश संकटमा परेपछि अब दुई वटा पार्टीले मिलेर निकास दिनुपर्छ भनेर सरकार बनेको बताउनुभयो ।

कांग्रेस र एमाले दुई पार्टी देशका मूख्य प्रतिस्पर्धी शक्ति हुन् हुन् । २०४८ सालदेखि सातवटा चुनाव हुँदा एकपटक मात्रै माओवादी ठूलो पार्टी भएको छ । अरु बेला कि एमाले पहिलो, कि कांग्रेस पहिलो भएको हुनाले देशको मुख्य शक्ति भएर काम गर्नुका साथै प्रतिस्पर्धा दुई पार्टीमा भइरहेको उहाँको भनाई थियो । २०४७ सालदेखि यता विभिन्न संधिान संशोधन र त्यसयताका चुनावमा मिलेर गराउनुका साथै माओवादीलाई शान्ति प्रक्रियामा कांग्रेस एमालेले मिलेर सहमतीमा ल्याएको बताउनुभयो ।

उहाँले पुन भन्नुभयो, “देशका मुख्य शक्ति एमाले कांग्रेस हो, अहले यो गठबन्धनपछि सकारात्मक लक्षण देखा परेका छन् । सेयर बजार बढेका छन् । अब देशमा केही हुन्छ भन्ने जनतामा विश्वास बढेको छ ।” सहकारीमा ठगिएका पिडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ, रोकिएका बिकास अगाडि बढेका छन् । अन्तर्राष्ट्रिय स्तरका सम्बन्ध सुदृढ भएको छ ।”

सत्ताको मोह र मन्त्री फेरबदल, पदका लागि लोप गर्नेहरुलाई यो सरकारदेखि जलन भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । सरकारका बारेमा अहिले तमाम नकारात्मक भ्रमका कुरा फैलाइएको उहाँको भनाई थियो ।

यस्तै उपमहासचिव ज्ञवालीले हुम्ला अपार सम्भावना बोकेको र सम्भावनाको खानीको जिल्ला भएको बताउनुभयो । यहाँको जडिबुटी, संस्कृतिले भरिपूर्ण भएको जिल्ला हो । विकासका हिसावले पछि परेको जिल्ला भएपनि २४ वर्षपछि आफु हुम्लामा पुग्दा धेरै परिवर्तन भएको बताउनुभयो । नेपाली भूमि लिमी लाप्चाबाटै आफुले मानसरोवर कैलाशको समेत दर्शन गर्नपाएको बताउनुभयो । हुम्लीको विकासका लागि कर्णाली कोरिडोर निर्माण सम्पन्न हुन जरुरी रहेको छ । यहाँका नागरीकका जीवनसँग जोडिएको छ । एमालेले हुम्लाको विकासका लागि सक्दो लागि पर्ने बताउनुभयो ।

सदरमुकाम सिमकोट राष्ट्रिय सडकसँग जोडने खार्पुदोभानको कर्णाली नदीमा पक्की पुल बन्न समय लाग्ने भएकाले बेलीब्रिज पुन निर्माणका लागि आफ्नो पार्टी सरकारमा भएकाले कुरा राख्ने उहाँको भनाई थियो । खार्पुदोभानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडकसँग जोडिन सकेको छैन् ।

स्कुल विभाग हुम्लाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि उपमहासचिव ज्ञवाली हुम्ला पुग्नुभएको हो ।

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]