रु पचास हजार नगद सहितको उपाधि सिम ब्वाइजलाई

Nepal Chek शुक्रबार, कार्तिक ०९, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा कात्तिक २ गतेबाट सञ्चालन भएको चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ । सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टिमको सहभागी रहेको थियो । शुक्रबार भएको फाइन खेलमा सिमकोट तल्लो गाउँ राईजिङ क्लव माथि बिजेता हात पार्दै सिम ब्वाईजले प्रतियोगिताको बिजेता बनेको हो ।

चौथो रानीवन गोल्ड कप प्रतियोगितामा सिम ब्याईज क्लव निर्धारित समयमा बराबारी गोल भएपछि (पेलान्टी) ट्राईबेकरमा बिजेता भएको हो । जसमा दुईका बिरुद्ध तीन गोल गरेर सिम ब्वाईज बिजेता भएको आयोजक टिमले जानकारी दिएको छ । निर्धारित समयको दोस्रो हाफमा दुवै टिमले गोल बराबरी गरेपछि खेल ट्राईबेकरमा गएको थियो । बिजेता र उपबिजेता टिमलाई क्रमश रु पचास हजार र तीस हजार नगद पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरि बिजेता सिम ब्वाईजलाई ट्रफी पनि प्रदान गरिएको थियो । बिजेता र उपबिजेता सबै खेलाडीलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सिम ब्वाईजका जीवन रावतलाई बुट प्रदान गरिएको थियो भने सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहको तर्फबाट खेल अवधिभर गरेका आठ वटा गोलको प्रतिगोल पाँच सय रुपियाँका दरले चार हजार नगद पनि प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी सिम ब्वाईज कै बिशाल सिंह पनि पुरस्कृत भएका छन् । उत्कृष्ट गोल किपरमा सिम ब्वाईज कै छिरिङ लामा रहेका रहेका थिए । यो पुरस्कार सिमकोट गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया, जिल्ला खेलकुद समितिका अध्यक्ष बिनोद बोहरा, पत्रकार महासंघका अध्यक्ष राजन रावतले वितरण गर्नुभएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]