मुख्यमन्त्री कडेल हुम्लाको विकासे प्रगतिका साथै समस्या बुझ्न अहिले सिमकोट पुग्दै

Nepal Chek सोमबार, कार्तिक १२, २०८१

सिमकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेल सोमबार विहान हुम्ला आउनु लाग्नुभएको हो । कर्णाली प्रदेश सरकारको निति कार्यक्रम अनुसार प्रदेश सरकारले पठाएको बजेट, कार्यान्वयनको अवस्था र प्रगतिका साथै समस्या (चुनौती) बुझ्नका लागि मुख्यमन्त्री कडेलको टोली सोमबार सिमकोट पुग्न लागेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव सूर्यमणी पौडेलले बताउनुभयो ।

जिल्ला स्थित कार्यालयमा सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयतमा बुझ्नका लागि मुख्यमन्त्री कडेल हुम्ला पुग्न लाग्नु भएको हो । साथै मुख्यमन्त्री कडेल हुम्ला पुगेसँगै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुका साथै स्थानीयका समस्या (चुनौती) समेत बुझ्नका लागि आउन लाग्नु भएको स्वकिय सचिव घनश्याम पाण्डेयले बताउनुभयो ।

सदरमुकाम सिमकोट पुगेसँगै मुख्यमन्त्री कडेलले सिमकोटमा सरहेका सरोकावाला निकाय सम्बन्धित कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दल, लगायतसम्बद्धसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

साथै मुख्यमन्त्री कडेलसँग उर्जा तथा जल स्रोत मन्त्री विजय बुढा लगायतको टोली हुम्ला आउन लाग्नुभएको हो । यसअघि भौतिक पूर्वधार मन्त्री शेरबहादुर बुढा सिमकोट पुगि सक्नुभएको छ ।

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]