सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा शनिबार विहानदेखि नि:शुल्क योग विज्ञान शिविर सुरु भएको छ । पतंजलि योग समिति नेलाद्धारा जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको उद्घाटन गरी नि:शुल्क योग शिविर सञ्चालन भएको छ । पतंजलि योग पिठ नेपाल महिला पतंजलि योग समिति र पतंजलि योग समिति नेपाल युवा नेपाल समितिको संयुक्त सहयोगमा करिब एक महिनाका लागि योगाध्यास शिविर सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ ।
पतंजलि योग पिठ नेपाल महिला पतंजलि योग समितिका केन्द्रिय उपाध्यक्ष अर्चना घिमिरेको अध्यक्षतामा र प्रहरी निरिक्षक सरोज कडेल र सिमकोट गाउँपालिका वडा नम्बर चारका पूर्व वडाध्यक्ष छविचन्द्र लामाको विशेष आथित्यमा निशुल्क योग शिविर सञ्चालन भएको हो । योग शिविर उद्घाटन कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर चाहना शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत, नेपाल रेडक्रश सोसाइटीका मन्त्री अर्जुन बोहरा लगायत, तल्लो बजारमा रहेको महिला छात्रवासमा आवास लिदैँ आएका विद्यार्थीको उपस्थित रहेको थियो । साथै योग अभ्यास लिन चाहना हुने इन्छुक आम नागरीकले तल्लो बजारमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा प्रत्येक दिन विहान सात बजे उपस्थित भएर निशुल्क योग सिक्न सक्नु हुने बताइएको छ ।
योगलाई घरघरमा जोड्नुपर्ने र योगबाट स्वस्थ्य जीवन खोज्ने वातावरण सबैतिर सिर्जना गर्नुपर्ने बताउँदै आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर चाहना शर्माले योगलाई गाउँ, टोल, संघसंस्था र विद्यालयसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।
यस्तै काठमाण्डौंबाट योग शिविर सञ्चालन गरेर अभ्यास दिन आउनु भएकी अचर्ना घिमिरेले, योगलाई दैनिक जीवनको साध्यको रुपमा लैजानुपर्नेमा जोड दिनु पर्ने बताउनुभयो । पातञ्जललाई देशभर फैलाएर नेपाली जनलाई योगमय बनाउने अभियान रहेको घिमिरेले बताउनुभयो ।