बौद्धिक अपांग बालबालिकालाई न्यानो कपडा सहयोग

Nepal Chek शनिबार, मंसिर १५, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पोशाक सहयोग गरिएको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशक सहयोग गरिएको हो ।

हिउँद यामसँगै चिसो बढ्दै गएपछि एनविसी युकेको आर्थिक सहयोगमा ४६ जना बालबालिकालाई न्यानो पोशक सहयोग गरिएको साहरा समुहका निदेर्शक सूर्य पौडेलले बताउनुभयो । प्रति विद्यार्थी नौ प्रकारका कपडा सहयोग पाएको बताइएको छ । न्यानो कपडामा ज्याकेट, ट्राउजर, जुत्ता, टोपी, मोजा लगाएतका नौ प्रकारका न्यानो कपडाहरु सवै बिद्यार्थीहरुलाई बितरण गरिएको हो । यस्तो सहयोगले न्यून आयश्रोत भएका अपाङ्गता बिद्यार्थीहरु चिसोबाट बचाउन निक्कै सहयोग भएको उहाँले बताउनुभयो । प्रत्येक बिधाथीको नाप नै लिएर न्यानो कपडा उपलब्ध गराउने कार्य भएको हो । एनविसी युकेको आर्थिक सहयोगमा हुम्ला होराईजन परियोजना अन्र्तगत सहयोग उपलब्ध भएको साहारा हो ।

४६ जना बिद्यार्थीहरु साहारा समुहले सञ्चालन गरेको आवासीय छात्रावासमा वस्दै आएका छन् । यसका लागि प्रति बिधार्थी एघार हजार रुपियाँका दरले हुन आउने पाँच लाख छ हजार रुपियाँ सहयोगी संस्थाबाट उपलब्ध भएको थियो । जिल्लाका सात मध्य छ वटा गाउँपालिकाका बिद्यार्थीहरु उक्त विद्यालयमा निशुल्क अध्ययन गर्दै आएका छन् । अत्येधिक चिसो भई रहेको बेला चिसोबाट बच्न र पठन पाठनमा सहयोग मिलेको छात्रछात्राहरुले बताउने गरेका छन् ।

हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालय आफ्नै भवनमा नभएको पौडेलले बताउनुभयो । विद्यालय भवन पनि छैन्, शौचालय समेत नहुँदा विद्यार्थीले खुल्लाा पाखामा गएर शौच गर्नु पर्ने गुनासो पोख्नुभयो । यस्तै बौद्धिक अपांगका लागि शैक्षिक सामग्री समेत नभएको गुनासो पोख्नुभयो ।

पोशाक वितरण कार्यक्रममा सिमकोट गाउँपालिका उपाधयक्ष शुसिला रोकाया (भाम)ले पालिकाले प्रत्येक वर्ष उक्त विद्यालयलाई सहयोग गर्दै आएको बताउनुभयो । विभिन्न समयमा पोशाकदेखि शैक्षिक गुणस्तरमा सहयोग पुर्याउँदै आएको बताउनुभयो । उक्त आवसिय विद्यालयमा सातवटै गाउँपालिकाका बालबालिका अध्ययन गर्ने भएपनि सिमकोटको दायित्व भएकाले अन्य पालिकाले सहयोग गर्दा झनै राम्रो हुने उपाध्यक्ष रोकायाले बताउनुभयो ।

पोशाक वितरण कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता महत, शिक्षा शाखामा नायव सुब्बा कृष्ण प्रसाद आचार्य, महिला तथा बालबालिका शाखा प्रमुख उमा खड्का, बालमन्दिर माध्यामिक विद्यालयका प्रधानध्यापक कैलाश रोकाया, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]