हुम्लाको सर्केगाडमा मतदान सुरु

Nepal Chek आइतबार, मंसिर १६, २०८१

सिमकोट । अहिलेसम्म हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा अहिले विहान सात बजेदेखि मतादान सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष पदका लागि सर्केगाडका आठ वटा वडामा रहेका बाह्र मतदानस्थलबाट मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सर्केगाडमा रहेका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि लिप्ने, देवकोटा आवि उनापानी, हिमज्योती मावि सर्केगाड, भवानी आवी गोठी, धुमचुली आवि कल्लास, स्वयंभु आवि बराई, ईश्वर आवि छ्यागी, कोट मावि रोडिकोट, अंशुवर्मा मावि राशदेव र निलकण्ठ सामुदायिक प्रावि फुचामा एक साथ मतादान भइरहेको मुख्य नर्विाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्केगाडका १२ वटा मतदानस्थलबाट अहिले शान्त तवरमा मतदान भइरहेको जानकारी प्राप्त भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
nepalchek2078@gmail.com
sureshpariyar700@gmail.com
danebohara390@gmail.com