सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मुसेडीमा पर्ने कर्णाली कोरिडोर अन्तर्गतको खार्पु सडक खण्ड सञ्चालनमा आएको छ । वडा नम्बर १ मुसेडी, पिउस गाउँका लागि सडक निर्माणका क्रममा बिहिबार कर्णाली कोरिडोरको मुसेडी सडक खण्ड अवरुद्ध भएको २४ घण्टा पछि खुलेको छ । कोरिडोरबाट माथि गाउँमा जोड्नका लागि सडक निर्माणका क्रममा माथिबाट खसेको ढुंगा, ठूलठूला रुख खसेर सडक अवरुद्ध बनाएको थियो । यस क्षेत्रको सडक, पूर्वधार विकास कार्यालयले निर्माण गर्दै आएको छ । अवरुद्ध भएको सडक आज शुक्रबार शुलाइएको सोही कार्यालयका प्रमुख नरेशराज जैसीले बताउनुभयो ।
२४ घण्टादेखी सिमकोट देखि जिल्ला बाहिर गएका सात,आठवटा ट्क पनि त्यतै रोकिएका थिए । भने अन्य जिल्ला बाहिरबाट विभिन्न निर्माण सामग्री ल्याएर आएका सवारीसाधन समेत रोकिएका थिए । अवरुद्ध भएको सडक खुलेपछि दोहोरो सडक सञ्चालनमा आउनुका साथै सवाररुीसाधनले सहजरुपमा आवत जावत गरिरहेको जानकारी प्राप्त भएको छ ।
सडक अवरुद्ध हुँदा सिमकोट हुँदै दक्षिण भेग ताँजकोट, सर्केगाड, अदानचुली, चंखेली जाने नागरीकलाई थप समस्या बनाएको थियो । भने काम विशेषले सदरमुकाम पुग्ने नागरीकलाई पनि आवतजावतमा समस्या बनाएको थियो । अहिले कोरिडोरको सडक खुलेपछि सहज भएको जानकारी प्राप्त भएको छ ।