लिमीको छ्योकोर्छे गुम्बामा तपस्या बसेका भिक्षुको स्वास्थ्य परीक्षण

Nepal Chek शनिबार, मंसिर २२, २०८१

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचीत लिमीको हल्जीमा साढे एक वर्षदेखि तपस्यामा बस्दै आएका भिक्षु (आनी)को स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनले समस्या आउन सक्ने भएपछि उपचारका साथै स्वास्थ्य परीक्षण गरिएको हो ।

गुफामा बस्दै आएका १६ जना भिक्षु सहित एक जना रिन्बोच्चे, एक जना भान्से (खाना) पकाउने गरी १८ को स्वास्थ्य उपचार गरिएको लिमी स्वास्थय चौकीमा कार्यरत अहेब लोग बोहराले बताउनुभयो । आज शनिबार विदा दिनमा पनि उनीहरुको स्वास्थ्य समस्या आएको जानकारी आउन साथ स्वास्थ्यचौकीबाट साढे दुई घण्टाको उकालो हिडेर भिक्षुहरुले तपस्या गरिरहेको छ्योकोर्छे गुम्बामा पुगेर उपचार गरेको बोहराले बताउनुभयो । झण्डै १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षुहरुलाई मौसम परिवर्तनका साथै चिसो अत्येधिक हुँदा कोही कसैलाई टाउँको दुख्ने, झाडापखाला, घाँटी दुख्ने लगायतका समस्या रहेको र उनीहरुको चेकजाँच पछि औषधि वितरण गरिएको अहेब बोहराले बताउनुभयो । आज शनिबार विदाको दिनभएपनि नागरीकको उपचारका लागि हिउँद वर्षामै खटिसकेपछि उपचारका लागि उक्त गुम्बामा पुगेर उपचार गरेको बोहराले बताउनुभयो ।

लिमी स्वास्थ्यचौकीमा तीन जना कर्मचारीको दरबन्दी भएपनि हाल आफु एक्लैले तीनवटा बस्तिमा पुगेर यहाँका नागरीकको उपचार गरिरहेको बोहराले बताउनुभयो । हल्जी तील गाउँमा हिउँदमा केही नागरीक बस्दै आएका छन् । भने जाङ गाउँका नागरीक कोही ताक्लाकोट छन् भने कोही जिल्ला बाहिर यसअघि नै गइसकेका कारण शून्य रहेको छ ।

यस्तै लिमीमा तापक्रम माइनसमा झरेका कारण चिसो अत्येधिक हुने गरेको छ । यहाँको तापक्रम माइनस १५ डिग्रीसम्म पुगेका कारण भिक्षु (आनी) गुम्बामा खानेपानीको समेत समस्या भएको गुनासो गर्ने गरेको बोहराले बताउनुभयो । तापक्रम राती र विहानको समयमा माइनसमा झर्दा चिसो अत्येधिक भएर खानेपानीका धारामा बरफ समेत जम्मे गरेकाले पानीको समस्या भएको हो । यस्तै लिमी स्वास्थ्य चौकीमा पनि धारामा बरफ जम्दा खानेपानीको आफुलाई समस्या भएको बोहराले बताउनुभयो । स्वास्थ्यचौकीमा रहेको धारामा बरफ जमेपछि आफुले गाउँमा गएर खानेपानीको जोहो गर्नु परेकको अहेब बोहराले बताउनुभयो ।

केही दिन अघि जाङ र हल्जी गाउँका १२ वर्षभन्दा माथिका एक सय जनालाई कोभिड १९ विरुद्धको एमआरआइ खोप समेत लगाएको बताइएको छ । साथै नियमीत राष्ट्रिय खोप कार्यक्रम अनुसार पाँच जना बालबालिकालाई खोप लगाइएको बोहराले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]