सिमकोट । हिमाली जिल्ला हुम्लामा यो वर्षको पहिलो पटक हिमपात भएको छ । जिल्लामा आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि रातीदेखि हिमपात हुन सुरु भएको हो ।
जिल्लामा आइतबार रातीदेखि हिमपात हुन सुरु भएको हो । सोमबार विहानसम्म सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ । भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमी लगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले ताउनुभयो ।
यो वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।
हुम्लीवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन । मङ्सिरमा खेतमा लगाइएको जेठमा पाक्ने गहुँ, जौ र उवालाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।
हिमपातले सदरमुकाम सिमकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारी लगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ । भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरी सकेको छ ।