सिमकोट । नेपाल पत्रकार महासंघ शाखा हुम्लाको निर्वाचनमा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको छ । रावत हुम्ला शाखा अध्यक्षमा पुन: दोहोरीनु भएको हो । अघिल्लो पटकको निर्वाचनमा रावत अध्यक्ष हुनुभएको थियो । अघिल्लो पटक प्रेस चौतारी र प्रेस युनियन मिलेर रावत अध्यक्ष हुनु भएको थियो । यसपटक भने तीनवटै संगठनको सहमतीमा रावत अध्यक्ष हुनु भएको हो ।
प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको सर्वसहमतीमा तीनवटै संगठनका पदाधिकारी निर्विरोध भएको जानकारी प्राप्त भएको छ । अध्यक्षमा राजन रावत प्रेस युनियन, बरिष्ठ उपाधयक्षमा सुरेश परीयार प्रेस चौतारी, उपाध्यक्ष समावेशीमा छपाल लामा युनियन, नन्द सिंह सचिव चौतारी, सह–सचिव खुल्ला पदमराज हमाल चौतारी, सह–सचिव समावेशी भक्तराज ऐडी सेन्टर र कोषाध्यक्षमा मन्दिर सिंह सेन्टरबाट तीन वटै संगठनका सर्वसहमतीमा निर्वाचीत भएको निर्वाचन समिति संयोजक राज बहादुर शाहीले बताउनुभयो ।
यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचीत भएको बताइएको छ । केन्द्रिय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद प्रतिनिधिमा मोतिलाल महतारा रहेको जानकारी प्राप्त भएको छ । हुम्लामा प्रेस चौतारी पहिलो भएपनि सेन्टर, युनियन तीनवटै संगठनको सहकार्य र सहमतीमा निर्वाचीत भएका हुन् ।