चिसोमा हुम्ला हिरासतका कैदीबन्दीलाई न्यानो कपडा

बेलुमाया महतारा मंगलबार, पौष ०९, २०८१

सिमकोट । हिउँदयाममा हिमाली जिल्ला हुम्लामा हिमपातका साथै चिसो अत्येधिक हुने हुँदा सिमकोट गाउँपालिकाले हिरासतमा रहेका ११ जना कैदीबन्दीलाई न्यानो कपडा सहयोग गरेको छ । सोमबार राती जिल्लामा हिमपातसँगै चिसो बढेपछि गाउँपालिकाले मङ्गलबार कैदीबन्दीलाई ब्लाङ्केट सहयोग गरिएको जानकारी प्राप्त भएको छ । जाडो समयमा न्यानो बनाउनका लागि सिमकोट गाउँपालिकाले ब्लाङ्केट सहयोग गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो ।

हुम्ला जिल्लाको हिरासतमा रहेका कैदीबन्दीलाई गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), उपाध्यक्ष सुशिला रोकाया (भाम)ले एक साथ जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रविन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाको विपद कोषबाट बचेको ब्लाङ्केट यो चिसो समयमा उनीहरुलाई सहयोग गरिएको हो । जिल्लामा यतिबेला तापक्रम माइनसमा झरेको छ ।

चिसोमा सहयोग पाउँदा कैदीबन्दी खुसी भएका छन् । हुम्लामा कैदीबन्दी राख्नका लागि कारागार निर्माण भइरहेकाले उनीहरु हिरासतमा बस्दै आएका छन् । यतिबेला कैदीबन्दी र थुनवा एउटै हिरासतमा बस्दै आउनु पर्ने बाध्यता रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]