अन्तरगाउँस्तरीय भलिवल खेल सम्पन्न : प्रथम तातोपानी युवा क्लब उनापानी

भक्तराज ऐडी आइतबार, साउन १७, २०७८

हुम्ला । साउन १३ गतेबाट सन्चालन भएको अन्तरगाउँ स्तरीय भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । हिमालयन स्टार युथ क्लबले आयोजना गरेको भलिवल खेलमा १५ वटा टिमको सहभागीता रहेको थियो भने तातोपानी युवा क्लब उनापानी प्रथम भएको छ ।

हिमज्योति माध्यामिक विद्यालयको खेलमैदानमा भलिवल खेल सन्चालन गरीएको थियो । विभिन्न चरणमा खेल सन्चालन गरेर अन्ति दिन शनिवार हिमालयन स्टार युथ क्लब दुल्ली र न्यु साईनिन स्टार क्लब गोठी विच खेलभएको खेलमा आयोजक टिम हिमालयन स्टार युथ क्लबले तृतिया स्थान हासिल गरेको थियो ।

त्यसै गरी पहिलो स्थान हासिल गर्नको लागि महादेब युवा क्लब मुन्डि र तातोपानी युवा क्लब उनापानी विच भएको कडा प्रतिस्प्रदाको खेलमा दुई पक्षविच हुँदा महादेब युवा क्लब मुन्डि खेलबाट बाहिरिएपछि केही समय खेल स्थगीत भएको थियो ।

देशमा चलिरहेको कोरोना महामारी कोभिड १९ को कहरमा भलिवल खेल आयोजना हुँदा अझ थप समस्या निम्तीने देखिएकाले जिल्ला प्रशासन कार्यालय हुम्लाको निर्देशन अनुसार खेलको अवधि छोटो बनाएर समापन गरिएको आयोजना टिम तथा हिमालयन क्लबका अध्यक्ष बल थापाले बताए ।

विवाद पश्चात अननन्त खेलमा दुबै पक्षलाई आयोजक टिमले समाधान गर्दा गर्दै तोकिएको समय भित्र महादेध युवा क्लबका खेलाडी खेलमैदानमा उपस्थित नभईसकेपछि आयोजक र रेफ्रिको निर्णय अनुसार वाक ओभर दिएर तातोपानी युवा क्लब उनापानीलाई प्रथम स्थानको घोषण गरीएको हो । वाक ओभर पाउने महादेबलाई दोस्रो स्थानमा घोषणा गरीएको बताइएको छ ।

यस्तै प्रथम हुने तातोपानी युवा क्लब उनापानिलाई ट्रफि सहित नगद रु तीस हजार मेडल, प्रमाण पत्र प्रदान गरीएको थियो । साथै दृतिया र तृतिया स्थान हासिल गर्ने टिमलाई समेत मेडल सहित प्रमाण पत्र नगद रु बिस हजार र दश हजारका साथै पुरष्कार वितरण गरीएको थियो ।

भलिवल खेलमा उत्कृष्ट हुने खेलाडी हिमालयन स्टार युथ क्लबका दुल्लीका टिम क्याप्टेन मंगल विकलाई कप, सबउत्कृष्ट हुने खेलाडी तातोपानी युवा क्लब उनापानीका जनक विक, त्यसैगरी खेल अवधिभर अनुसासन पूर्वक खेलखेल्ने भिमनगर युवा क्लब रोडिकोडलाई समेत कप प्रदान गरीएको थियो ।

समापन कार्यक्रमका अथिती तथा कार्यबक अध्यक्ष जग बहादुर रावतले विजयी टिम तातोपानी युवा क्लब उनापानीले अहिले सम्म कुनैपनि खेलमा सफल हुन नसकेकोले यो खेलबाट पहिलो स्थान हासिल गर्दा खेल जगतमा चासो बढाएकोले खेलाडी हरुलाई आफुले सक्दो सहयोग गर्ने बताए ।

साथै आयोजक टिम तथा हिमालयन स्टार युथ क्लबका अध्यक्ष बल थापाले अहिलेको परस्थितिमा खेललाई पहिलो प्राथामिकता दिदै खेल सन्चालन गर्न सहयोग गर्ने संघ,सस्थाहरु, सरकारी कार्यालयहरु, आमा समहु, सुरक्षा निकाय नागरीक समाज , लगायत खेललाई सहयोग गर्ने सम्पुर्णलाई धन्यावाद दिदै भलिवल खेलको समापन गर्नुभएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]