सिमकोट । जिल्लामा आज थप चारजनामा संक्रमण पुष्टि भएको छ ।
खार्पुनाथ गाउँपालिकमा १६ जना र जिल्ला अस्पताल हुम्लामा सात जना गरेर २३ जनालाई एन्टिजेन विधिबाट कोरोना संक्रमणको परिक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
खार्पुनाथ गाउँपालिकामा आज १६ जनालाई परिक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो भने जिल्ला अस्पताल हुम्लामा परिक्षण गरिएका सातजनाकै रिर्पोट नेगेटिभ आएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
जिल्ला अस्पताल हुम्ला सहित सातवटा गाउँपालिका गरेर हालसम्म दुई हजार दुई १३ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा तीन सय ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै हाल सक्रिय संक्रमितको संख्या ३१ जना रहेको छ भने तीन सय ४१ जनाले कोरोना जितेर घरगईसकेको बताइएको छ । आजमात्रै ६ जनाले कोरोना जितेर गएका छन् ।
कोरोना संक्रमणबाट चारजनाको मृत्युभएको छ । सिमकोट गाउँपालिकामा दुई जना, सर्केगाडमा एक र चंखेली गाउँपालिकामा एक जना गरेर चारजना कोरोना संक्रमितको हालसम्म मृत्युभएको छ ।